आर्टमाण्डु मिडिया विगतका दिनहरु देखि नै मौलिक नेपाली परिवेश, चाहना अनि जनजीवनका साथ आधूनिक नेपालका शालिन अनि सभ्य परिवेशका सञ्चार र मनोरञ्जन सामाग्री उत्पादनका लागि उन्मुख उत्पादन केन्द्र हो ।
पछिल्लो समयमा नेपाली जनजिब्रोमा चर्चित अनि लोकप्रीय गीत (के माया लाग्छ र) आर्टमाण्डुकै अथक प्रयास, जाँगर अनि नवप्रवर्तनको उपज हो, यस गीतले यूट्यूवमा ९० लाख हाराहारीमा भ्यू पाइसकेको छ । नेपाली गीत अनि म्यूजीक भिडियोको संस्करणहरुमा पछिल्लो समयमा गीतका भिडियोहरुमा श्रृजना अनि मौलिकताको बिजारोपणलाई प्राथमिक्ता दिँदै आर्टमाण्डुले गीतलाई ग्रामिण परिवेशमा ढाल्दै कथासंग जोडेर भिडियोलाई एउटा सकल चलचित्रको स्वरुपमा उतार्ने प्रयत्नहरु गर्दैआएको छ, चाहे त्यो बहचर्चित बटौली होस्, या के माया लाग्छ र आर्टमाण्डुका अन्य प्रयत्नहरु किन नहोस् ?
यसपटक आर्टमाण्डुका नवीन चौहानले निर्देशन गरेको तिनपाते वोलको गीत लिएर दर्शकश्रोता सामु आएको छ । तिन पाते एउटा प्रेमको कथा हो जहाँ ग्रामिण नेपालको परिवेश, गोठका कथा, हाटबजार अनि वाल्यकालको माया र अपेक्षा लुकेको छ । पूर्वी नेपालको छुर्पी, नौनी, दुध अनि गोठ देखि समग्र नेपालभरिको लाहुर जाने या गाँउमै बसेर केहि गर्ने दुविधालाई छिर्दै यस म्यूजीक भिडियोले मिठो गीत र मनछुने कथा दुबै पस्किएको छ । संभवत नेपाली म्यूजीकल भिडियोको इतिहासमा नै यो एउटा यस्तो म्यूजिक भिडियो हो जस्मा मध्यान्तरको कन्सेप्ट राखिएको छ भनें शालिन अनि संझनायोग्य पल अनि दृश्यहरुलाई अटाउँदै यस भिडियोले नेपाल चिहाउने एउटा नयाँ आँखीझ्यालको काम गर्नेछ ।
यसमा शव्द हर्क साउद, संगीत सुजन चापागार्ईं, स्वर सुजन चापागार्ईं अनि विद्या तिवारी को रहेको छ । गीतको संगीत संयोजन गंगा थापाले गरेका हुन् भने ध्वनी मिश्रण कोबिद बज्रले गरेका हुन् । गीतको छायांकन अनिश स्याङ्ग देन ले गरेका हुन् भने रंग संयोजनर ग्राफिक्स दिनसन शाहले गरेका हुन्। गीतमा मिलन खत्री, अनु काफ्ले, हर्क साउद, नयन नेपाल, आयुष्मा काफ्ले, सम्रान्त थापा, मुना धिताल आदिको अभिनय रहेको छ।
चियाको वगानमा तिनपाते भएका कोपीलाहरुलाई परिपक्क, मिठो अनि उपयूक्त बिम्बका साथ उद्धृत गरिन्छ, यस गीतमा पिरतीको तिन पाते स्वरुपमा देखाइएको छ, रसरंग अनि संझनालाई तिनपातेसंग जोडिदिएको यस गीतको लयले ग्रामिण नेपालको टपक्क टिपेको भाकाहरुलाई प्रतिनिधित्व गर्दछ ।
गीतका नेपाली परिवेशका शव्दहरुलाई विश्वजगतमा चिनाउने कसरत स्वरुप शव्दहरुको अँग्रेजी रुपान्तरण अनि परिपेक्ष्यकरण लेखक अनि साँस्कृतिक अन्वेषक सुयोग ढकालले गर्नुभएको हो, नेपालमा सर्वाधिक डाउनलोड भएको हाम्रो पात्रोमार्फत नेपाली चाडपर्व अनि दैनिकि सम्बन्धी आलेख अनि अध्ययनहरु वहाँले नै गर्नुभएको हो ।