• होमपेज
  • शेयर मार्केट
  • अजोड इन्स्योरेन्सको आईपीओ बाँडफाँड

अजोड इन्स्योरेन्सको आईपीओ बाँडफाँड

  • शुक्रबार, साउन २, २०७७
अजोड इन्स्योरेन्सको आईपीओ बाँडफाँड

अजोड इन्स्योरेन्सले शुक्रबार आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले असार २५ देखि २९ गतेसम्म सर्वसाधारणलाई विक्री गरेको ३० लाख कित्ता आईपीओ बाँडफाँट गरेको हो । गोलप्रथाका आधारमा गरिएको बाँडफाँटमा २ लाख ७३ हजार जनाले १० कित्ताका दरले शेयर पाएका छन् ।

यो आईपीओ बाँडफाँटमा ४ लाख ८५ हजार ४९८ जना योग्य आवेदकहरुलाई सहभागी गराईएको थियो । कुल ४ लाख ८५ हजार ३७१ जनाको आवेदन परेकोमा ८७३ आवेदन रितपूर्वक नगरेकाले रद्ध गरिएको विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जानकारी दिएको छ । अजोडको आईपीओ खरिदका लागि आवेदन दिने २ लाख ११ हजार ४९८ आवेदकको हात भने खाली भएको छ ।

कम्पनीले कुल ३० लाख कित्तामध्य १ लाख २० हजार कर्मचारीका लागि र १ लाख ५० हजार सामूहिक लगानीकोषका लागि सुरक्षित गरि बाँकी रहेको २७ लाख ३० हजार कित्ता आईपीओ सर्वसाधारणलाई विक्री गरेको थियो । सोहि आईपीओ कम्पनीले शुक्रबार बाँडफाँट गरेको हो ।

हाल ७० करोड रुपैयाँ चुक्तापूँजी रहेको अजोड इन्स्योरेन्सको आईपीओ पश्चात  १ अर्ब रुपैयाँ पुगेको छ । २०७५ असार २१ गतेदेखि यस कम्पनीले औपचारिक रुपमा कारोबार सुरु गरेको हो । यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी ५ दशमलव शून्य २ रुपैयाँ र प्रतिशेयर नेटवर्र्थ  ११२ दशमलव ४६ रुपैयाँ छ ।

दोस्रो बजारमा पहिलो कारोबारको लागि मूल्य निर्धारण हुदाँ नेप्सेले नेटवर्थको तीन गुणासम्म निर्धारण गर्ने व्यवस्था गरेको छ । कम्पनीको नेटवर्थको आधारमा ३०० भन्दा माथिकै मूल्यरेञ्ज पाउने देखिन्छ ।

Facebook Comments

सम्बन्धित समाचार