• होमपेज
  • समाचार
  • भाटभटेनी ग्रुपले भाटभटेनी मन्दिरमा २ करोड लागतमा सत्तल निर्माण गर्ने

भाटभटेनी ग्रुपले भाटभटेनी मन्दिरमा २ करोड लागतमा सत्तल निर्माण गर्ने

  • सोमवार, असार १५, २०७७
भाटभटेनी ग्रुपले भाटभटेनी मन्दिरमा २ करोड लागतमा सत्तल निर्माण गर्ने

भाटभटेनी ग्रुपले नक्सालस्थित भाटभटेनी मन्दिर परिसरमा २ करोड लागतमा सत्तल निर्माण गर्ने भएको छ ।
भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले भाटभटेनी माताको मन्दिर परिसरमा स्वर्गीय बुबा बृषबहादुर गुरुङ र आमा धनमाया गुरुङको स्मृतिमा उक्त भवन निर्माण गरिन लागेको जानकारी दिए । उक्त भवनको शिलान्यास उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सोमबार बिहान गरेका छन् ।

कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पोखरेलले व्यवसायी गुरुङको प्रशंसा गरेका थिए ।उनले भने, “मीनबहादुरजी धनमात्रै होइन मन पनि भएको व्यक्ति हुनुहुन्छ । हामीले मीनबहादुरजीलाई के पाएका छौं भने धन र मन दुवै भएको व्यक्तिका रुपमा । हामीले त्यसरी चिन्छौं । उहाँजस्तै निजी क्षेत्रमा क्रियाशील धेरैजना हुनुहुन्छ । उहाँलाई अनुसरण गर्दै उहाँहरु पनि अघि बढ्नुपर्छ । लगनशील भएर काम गरिरह्यो भने प्रगति

गर्न सकिन्छ भन्ने उदाहरण उहाँले दिनुभएको छ ।”उनले सरकारले व्यवसायीलाई सहजीकरण गरिदिने बताउँदै भने, “हाम्रा पुर्खाहरुले निर्माण गरेको चिजहरुलाई नष्ट हुनबाट हामीले नै बचाउनुपर्छ । हाम्रा पुर्खाहरुले धेरै कुरा निर्माण गरे । हाम्रा कारणले नष्ट हुँदैछन् । तर मीनबहादुरजीले त्यसको निर्माण गर्दै हुनुहुन्छ । सत्तलमा विगतमाजस्तो कोही यात्रुहरु आएर नबसे पनि यसले संकेतको काम गर्छ । दृष्टान्तको

रुपमा यो सत्तल रहन्छ । हाम्रा पुराना चिजहरुको संरक्षण हामी आफैँले नै निर्माण गर्नुपर्ने हुन्छ ।” सम्बोधनमा उनले कोरोनासँग भाग्ने नभइ लड्ने बताए ।

“कोरोनासँग भाग्ने होइन लड्ने हो । यो आयो भनेर त्रसित भएर भाग्यौं भने कहाँ जाने ? आज हामी भागौंला भोलि भोकमरीबाट मर्ने अवस्था आयो भने के गर्ने ? हामीले हाम्रो आर्थिक गतिविधि बढाउनैपर्छ । कोरोनासँग लड्नु व्यक्तिव्यक्तिको जिम्मेवारी हो । हामी बचेर देश र समाजलाई बचाउने हो ।”

कार्यक्रममा प्रदेश सांसद नारायण सिलवालले पनि गुरुङले गरेको योगदानको चर्चा गर्दै प्रसंशा गरेका थिए । उक्त वडाका अध्यक्ष रमेश डंगोलले पनि भाटभटेनी मन्दिरमा सत्तल निर्माण गरिनु राम्रो काम भएको बताएका थिए । उक्त सत्तल भाटभटेनी ग्रुपका अध्यक्ष मीनबहादुर गुरुङ र भाइ पहल गुरुङले निर्माण गर्न लागेका हुन् ।

“भाटभटेनी मन्दिरकै नामबाट हामीले सुपरमार्केट्स खोल्यौं,” उनले भने, “अहिले देशका विभिन्न स्थामा भाटभटेनी खुलेका छन् । यहाँको मन्दिरमा हामीले पहिलेदेखि नै संरक्षण गर्दै आएका थियौं । अहिले यसको आडैमा नयाँ भवन बनाउन लागिएको हो ।” सोमबार नयाँ भवन निर्माणका लागि भूमि पुजन गरिएको छ ।

“आज हामीले भूमि पुजन गरेका हौं,” उनले भने, “यस मन्दिरको संरक्षण गर्ने दायित्व पनि हाम्रै हो । त्यसैले यहाँ भवन निर्माणको काम थालिएको हो ।” काठमाडौंमा बाँच्न र भविष्य सुनिश्चित गर्नका लागि आफूले सुरु गरेको व्यवसाय अहिले यहाँसम्म विस्तार भएको अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरुङले बताएका थिए ।

“अहिले हामीसँग सात हजार भाइबहिनी आवद्ध हुनुहुन्छ । निर्माणका लागि १५ सय व्यक्तिहरु आवद्ध हुनुहुन्छ । ठेक्कापट्टामा नगइ इनहाउस गर्ने गरेका छौं,” उनले भने, “यहाँसम्म आउनुको पछाडि भाटभटेनी माताको कृपा हो । हामीले यहाँ चारतलाको सत्तल बनाउन लागेका थियौं तर केही व्यक्तिहरुको सुझावका आधारमा दुईतला बनाउन लागेका हौं ।”

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि