• होमपेज
  • वाणिज्य बैंक
  • राष्ट्रिय वाणिज्य बैंकद्धारा विभिन्न होल्डिङ्ग सेन्टरमा खानेपानी वितरण

राष्ट्रिय वाणिज्य बैंकद्धारा विभिन्न होल्डिङ्ग सेन्टरमा खानेपानी वितरण

  • आइतवार, असार १४, २०७७
राष्ट्रिय वाणिज्य बैंकद्धारा विभिन्न होल्डिङ्ग सेन्टरमा खानेपानी वितरण

राष्ट्रिय वाणिज्य बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत कोरोना महामारीको अवस्थामा सरकारले संचालन गरिरेहको विभिन्न होल्डिङ्ग सेन्टरहरुमा खानेपानी वितरण गरेको छ ।

कोरोना महामारीको अवस्थामा देश बाहिर रहनुभएका विभिन्न नागरिकहरुलाई उद्दार गर्ने क्रममा सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरिसकेपछि विभिन्न होल्डिङ्ग सेन्टरहरुमा राखी घर पठाउने गरेको छ ।

उक्त होल्डिङ्ग सेन्टरहरुहरुको व्यवस्थापन नेपाली सेना तथा खानेपानी, खाध्य सामग्री लगायतको व्यवस्था नेपाल रेडक्रसको अगुवाइमा भैरहेकोमा बैंकको बागमती प्रदेश कार्यालय मार्फत तीन वटा होल्डिङ्ग सेन्टरहरुमा सात दिनको लागि खानेपानी व्यवस्था गर्ने जिम्मा लिएको छ ।

सो अवसरम बैंकको प्रदेश कार्यालयकी प्रादेशिक प्रबन्धक सोनी श्रेष्ठले नेपाल रेडक्रस सोसाईटीका पदाधिकारीहरुको उपस्थितिमा काठमाडौं उपत्यकाको बसुन्धरा तथा धुम्बाराहीमा रहेका ३ वटा होल्डिङ्ग सेन्टरमा नेपाली सेनाका अधिकृतहरुलाई खानेपानी व्यवस्थापन गर्ने जिम्मा लिएको जानकारी गराउदै आबश्यक पर्ने खानेपानी हस्तान्तरण गरे । हाल बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २४० वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि