• होमपेज
  • अटो
  • फोर्ड गाडी किन्दा छुटै छुटको अफर

फोर्ड गाडी किन्दा छुटै छुटको अफर

  • शनिबार, असार १३, २०७७
फोर्ड गाडी किन्दा छुटै छुटको अफर

फोर्डको नेपालको लागि आधिकारिक विक्रेता जि.ओ. अटोमोवाइल्स् प्रा.लि.ले उपभोक्ताको सन्तुष्टिलाई ध्यानमा राख्दैे पछिल्लो BS6 Compliant Ford 2020 विशेष अफर ल्याएको छ ।

यस अफर अन्तर्गत ग्राहकले १०वर्षसम्मको फाइनान्स सुविधा, ३० प्रतिशत डाउन पेमेन्ट , स्थगित भुक्तानी सुविधा, परिवारको लागि कोभिड विमा सुविधा, विशेष नगद छुट, एक वर्षको वीमा, एक्सचेन्जको सुविधा, लोएल्टी वोनसका साथ ३ वर्ष वारेन्टी, ३ वर्षको निशुल्क सर्भिसिङका साथ अन्य सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

१० वर्षको फाइनान्स सुविधाले ग्राहकलाई भुक्तानी गर्न पर्याप्त समय दिन्छ साथै मासिक किस्ता कम हुने गर्दछ । कम्पनीको अनुसार अहिले यो अफर नेपालीबजारमा सबैभन्दा राम्रो हो किनकी फोर्डको २०२०मा बनेकाद्यक्टअन्तर्गत गाडीमा यो अफर मान्य छ ।

जि.ओ अटोमोवाइल्सले फोर्ड अनलााइन शोरुम पनि संचालन गरिरहेको छ, जहाँ ग्राहकले सो–रुम नआइकनै अनलाइन मार्फत चाहेको सवारी साधनको विशेषताहरु वुझ्न तथा हेर्न सकिन्छ । सो–रुममा रहेका प्रतिनिधिसँग अनलाइन सबै वुझ्न सकिन्छ र यसको सहायताले ग्राहकलाई आफ्नो रोजाईको गाडी खरिद गर्न सम्भव बनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार