• होमपेज
  • प्रविधि
  • मोबाइल बैंकिङमार्फत प्रतिपटक एक लाख र इन्टरनेट बैंकिङमार्फत १० लाख भुक्तानी गर्न सकिने

मोबाइल बैंकिङमार्फत प्रतिपटक एक लाख र इन्टरनेट बैंकिङमार्फत १० लाख भुक्तानी गर्न सकिने

  • मङ्लबार, असार ९, २०७७
मोबाइल बैंकिङमार्फत प्रतिपटक एक लाख र इन्टरनेट बैंकिङमार्फत १० लाख भुक्तानी गर्न सकिने

कनेक्ट आईपीएसमार्फत शेयर कारोबारको भुक्तानी गर्दा विद्यमान सीमा लागू नहुने भएको छ । राष्ट्र बैंकले मंगलबार जारी गरेको परिपत्रमा कोभिड–१९ का कारण सिर्जित असहज परिस्थितिले सहज रूपमा आवागमन हुन सकेकाले विद्युतीय कारोबारको सीमा हटाइएको उल्लेख छ ।

हाल मोबाइल बैंकिङमा प्रतिदिन एक लाख, प्रतिमहिना १० लाख तथा इन्टरनेट बैंकिङमा प्रतिदिन १० लाख र प्रतिमहिना ३० लाख रुपैयाँ बराबर कारोबार गर्न पाइन्छ । राष्ट्र बैंकले शेयर कारोबारका लागि यही सीमा लागू नहुने व्यवस्था गरेको हो । शेयर कारोबारमा ठूलो रकम कारोबार गर्नुपर्ने भएकाले हालको सीमा हटाउन सरोकारवालाहरूले आग्रह गरेका थिए । सोही आग्रहमा राष्ट्र बैंकले उक्त सीमा बढाएको हो ।

नयाँ व्यवस्थाअनुसार अब सेयर कारोबारमा मोबाइल बैंकिङमार्फत प्रतिपटक १ लाख र इन्टरनेट बैंकिङमार्फत प्रतिपटक १० लाख रुपैयाँ भुक्तानी गर्न सकिनेछ । यसको अर्थ उल्लिखित सीमामा रहेर लगानीकर्ताले एक दिनमा जति पटक पनि कारोबार गर्न सक्नेछन् । राष्ट्र बैंकले सेयर कारोबारमा सीमा हटाए पनि जोखिमको आकलन गरी बैंक तथा वित्तीय संस्थाले भने सीमा तोक्न पाउनेछन् । यसकारण अब सेयर कारोबारमा विद्युतीय माध्यमबाट भुक्तानी गर्दा हुने कारोबार सीमा बैंक तथा वित्तीय संस्थाको निर्णयमा भर पर्नेछ ।

‘कोभिड–१९ को महामारीका कारण पर्न गएको असहजताका कारण अर्को व्यवस्था नभएसम्मका लागि धितोपत्र दलालहरूसँग शेयर कारोबार गरेबापत सेवाग्राहीले ग्राहकबाटरलाई प्रतिभुक्तानी कारोबार मोबाइल बैंकिङमा अधिकतम १ लाख र इन्टरनेट बैंकिङमा प्रतिभुक्तानी १० लाखका हिसाबले रकम भुक्तानी गर्नरप्राप्त गर्न सकिने राष्ट्र बैंकको निर्देशनमा भनिएको छ । ती भुक्तानीसम्बन्धी कारोबारको जोखिम मूल्यांकन र व्यवस्थापन गर्ने जिम्मेवारी सम्बन्धित संस्थाहरूको हुने भएकाले आआफ्नो जोखिम स्तरलाई आधार मानी आन्तरिक सीमा कायम गर्न सक्नेछन् ।

कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि विद्युतीय कारोबारलाई प्रोत्साहन गरेको राष्ट्र बैंकले गत चैतदेखि विद्युतीय कारोबारको सीमा बढाएको थियो । हाल मोबाइल बैंकिङ ‘क्यूआर’ कोडमार्फत दैनिक १ लाखसम्म कारोबार गर्न पाइन्छ । मासिक सीमा १० लाख छ । मर्चेन्टद्वारा गरिने इन्टरनेट बैंकिङको कारोबार सीमा प्रतिदिन १० लाख रुपैयाँ छ । मासिक रूपमा ३० लाखसम्मको कारोबार गर्न सकिन्छ ।

इन्टरनेट बैंकिङ एकाउन्ट ट्रान्सफरमा १० लाख दैनिक कारोबार गर्न मिल्छ भने मासिक सीमा ५० लाख रुपैयाँ छ । वालेटमार्फत गरिने कारोबारमा एजेन्ट वा सबएजेन्टबाट दैनिक २५ हजार र महिनाको १ लाख, बैंक खाताबाट वालेटमा एक पटकमा २५ हजार, दैनिक १ लाख र मासिक ५ लाखको सीमा कायम गरिएको छ । वालेटबाट अन्य बैंक खातामा प्रतिकारोबार २५ हजार, एक दिनमा १ लाख र महिनामा ५ लाखसम्म कारोबार गर्न सकिन्छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि