• होमपेज
  • ब्रेक्इङ न्युज
  • खाता अद्यावधिक गर्न राष्ट्र बैंकको निर्देशन

खाता अद्यावधिक गर्न राष्ट्र बैंकको निर्देशन

  • मङ्लबार, बैशाख २३, २०७७
खाता अद्यावधिक गर्न राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले सञ्चालनमा रहेका सरकारी खाता अद्यावधिक गर्न तथा हालसम्म नखोलिएका खाताहरु खोल्न बैंक तथा वित्तीय संस्थालाई पुनः निर्देशन दिएको छ । आगामी जेठ १ गते पश्चात् हुने सरकारी कारोबार ‘सरकारी कारोबार निर्देशिका २०७६’ बमोजिम हुने पनि केन्द्रीय बैंकले जानकारी गराएको छ ।

यही वैशाख मसान्तभित्र सम्बन्धित निकायको समन्वयमा सम्पूर्ण खाता खोली अद्यावधिक गर्न समेत केन्द्रीय बैंकले भनेको छ । इमेलमार्फत सरकारी कारोबारको नियमित प्रतिवेदन पेश गरिंदै आएको छ । सोही प्रतिवेदनका आधारमा दैनिक हिसाब मिलान गरिने भएकाले त्यसरी पत्राचार गर्दा कतिपय अवस्थामा सम्बन्धित कर्मचारीको व्यक्तिगत इमेलमार्फत प्रतिवेदन पेश हुने गरेको पाइएको छ  ।

Facebook Comments

सम्बन्धित समाचार

चर्चामा