कृष्ण बहादुर अधिकारी नेपाली बैंकिङ्ग इतिहासमा अब चिनाई राख्नु पर्ने नाम होइन । नेपालको सबैभन्दा पूरानो र सरकारी स्वामित्वको बैंक नेपाल बैंक लिमिटेडका सीइओ हुन् कृष्ण बहादुर अधिकारी । नेपालको बैंकिङ्ग इतिहासमा करिब दुई दर्शक विताएका यूवा र अनुभवी बैंकरको पंक्तिमा अधिकारीको नाम आउने गर्दछ । २०६१ साल देखि निरन्तर नेपाल बैंकमा काम गरेका अधिकारीको नेतृत्व बैंकले पाएपछि बैंकले खराब कर्जा घटाउने देखि पहिलो पटक शेयरधनीलाई लाभाशं समेत बाड्ने बैंक बनेको छ । नेपाल बैंक लिमिटेड भन्दा अब चाहि फरक पर्दैन ।
अहिले विश्वभरी महामारीकारुपमा फैलिएको कोरोना भाइरसले नेपाल पनि अछुतो छैन । केही संकेतहरु देखिएका छन् । वैशाख ३ गतेसम्मका लागि सरकारले देशलाई लकडाउन गरेको अवस्था विद्यमान छ । लक डाउनका कारण सरकारको अनुमति विना घर बाहिर निस्कन सक्ने अवस्था नै छैन र हुँदैन पनि ।
यो अवस्थामा पनि नेपालको सबैभन्दा पूरानो बैंक नेपाल बैंक लिमिटेडले ९६÷९७ शाखाबाट सेवा प्रदान गरिरहेको देखिन्छ । डिजिटल कारोबारलाई प्रोत्साहन दिएको यस बैंकले डिजिटल कारोबार गर्न नसक्ने ग्राहकलाई कारोबार सुचार गर्न अधिकाशं शाखाहरु संचालन गरि सेवा दिइरहेको देखिन्छ । यस्तो अवस्थामा बैंक खोलेर सेवा दिन के कस्ता कठिनाईहरु भोग्नु परेको छ ?
शाखा खुलेको मात्रै छ कि कारोबार छ । बैंकका कर्मचरीको स्वास्थ्य अवस्था कस्तो छ । कोरोना भाईरसका कारण नेपालको बैकिङ्ग क्षेत्रलाई कस्तो असर पर्ने देखिन्छ । केही दिन भित्र आउने बैंकहरुको वित्तिय विवरणमा यसले कस्तो असर गर्ने देखिन्छ र नेपाल बैंकर्स एसोशियशनले हालै मुद्दती खाता र बचत खातामा डिपोजिट ब्याजदर यो विशम परिस्थितिमा किन घटायो ?
यिनै र यस्ता विषयमा युवा बैंकर एवं नेपाल बैंक लिमिटेडका सीइओ कृष्ण बहादुर अधिकारीसंग भूपेन्द्र आचार्यले गरेको कुराकानीः
० यो विशम र अप्ठ्यारो परिस्थितिमा नेपालका २७ वाणिज्य वाणिज्य बैंकहरुले निक्षेपका व्याजदर घटाउनुको कारण चाही के होला ?
नेपालको अर्थतन्त्र र व्यापार व्यवसायलाई राहत होस् भनेर नै व्याजदर घटाएको अवस्था हो । डिपोजिट व्याजदर घटेपछि मात्रै बेष्ट रेट घट्ने प्रक्रिया हुन्छ । यो सकारात्मक साथ नै घटाएको हो । कुनै मौका छोपी घटाएको भन्नु गलत होला नि ।
० नेपालकै सबै भन्दा पूरानो बैंक नेपाल बैंक लिमिटेडले यो विशम अवस्थामा कस्तो सेवा दिईरहेको छ त सीइओ साब ?
हामीले ९६÷९७ वटा शाखाबाटै ग्राहकलाई सेवा दिएका छौं । गत शुक्रबार त १७६ वटै शाखा खोली सेवा दियौं । ११ देखि १ बजे सम्म हामीले शाखा सञ्चान गरेको अवस्था छ ।
६० प्रतिशत जनसंख्या मात्रै अहिले बैंकिङ्ग र वित्तिय प्रणालीमा आवद्ध हुनुहुन्छ । स्थानीय तहहरुमा एटिएम छैन । त्यहा शाखा खोलेर नै सेवा दिनुपर्ने अवस्था छ । औषधी मुलो, खाद्यान्न, तेल, तरकारी, दुध आदि बस्तु किन्न पैसा त ग्राहकहरुलाई दिनै प¥यो नि । त्यो हामीले गरेका छौं । अरु एलसी, बैंक ग्यारेन्टी, आवश्यक सामाग्रीहरुको लागि मात्रै गरेको अवस्थामा छ ।
० विषम परिस्थितिमा बैकमा आएर कामगर्ने कर्मचारी साथीहरुको स्वास्थ्यबारे चाही तपाई कति चिन्तित रहनु भएको छ त ?
यो बेला कर्मचारी मात्रै होइन लाखौं ग्राहक, प्रोमोटर, शेयरधनी लगायत सबै जनताको स्वास्थ्यको कुरा गर्नपर्छ । अर्को कुरा कर्मचारी साथीहरुका बारे हामी सचेत र सजक छौं । रोगसंग लडन तत्कालका लागि चाहिने सबै प्रकारको स्वास्थ्य सामाग्री दिएको अवस्था छ ।
कर्मचारी साथीहरु कम मात्रै काममा आउनु भएको छ । लाने र ल्याउने काम हामीले गरेका छौ नि ।
० कोरोना भाईरसको महामारीका बीच पनि बैंक पुगेर काम गर्ने कर्मचारी साथीहरुलाई चाही के कस्ता बीमा र बोनसका कुरा ल्याउनु भएको छ ?
यही कर्मचारीहरु नै आउनु पर्छ भनेका छैनौं । त्यसले पनि उहाँलाई मोटिभेट भइरहेको छ । फाइनान्सियल मोटिभेट कसरी गर्ने भन्ने विषयमा अहिले बहस चलिरहेको छ । निर्णय गरिसकेका छैनौं । तर, केही सुविधा चाही दिने सोचमा छौं ।
यो नियमित नै काम भएकाले यसलाई कसरी हेर्ने भन्ने पनि छ । बैंकले भविष्यमा प्रमोसन गर्दा कसरी मूल्यांकन गर्ने भन्ने लगायतका प्रोत्साहन गर्ने कुरा पनि छन् । अर्को कुरा हामीले साथीहरुको बीमा गर्नेबारे बीमा कम्पनीहरुसंग छलफल चलाएका छौं । यो लकडाउन कति बढेर जाने हो । त्यसमा भर पर्ने छ । अर्को कुरा कर्मचारी साथीहरु बैंकका सम्पत्ति हुनुहुन्छ । उहाँहरुलाई संरक्षण गर्ने दायित्व हाम्रो हो । त्यसकारण हामी सचेत र सजक छौ नि ।
० राष्ट्र बैंकले बैंकका ग्राहकहरुका लागि केही सहुलियतका प्याकेज ल्याएको देखिन्छ । यसलाई कसरी लिनु भएको छ त ?
यो स्वातयोग्य छ । सकारात्मक छ । केन्द्रीय बैंकले ल्याएको यो पहिलो चरणको प्याकेज हो । यस्ता प्याकेज अरु पनि आउँछन भन्ने छ । प्रोभिजन टाइमिङ अवधि पनि बढाउन सकिन्छ । उद्योगीहरुलाई यसले फाईदा नै गर्छ । लोनलाई रिसेड्युल गर्ने रिस्ट्रक्वारिङ गर्ने कुराले पनि केही राहत पक्कै दिनेछ ।
किनभने उद्योगहरु चल्न सकेका छैनन् । असारसम्म लोनलाई सम्बोधन गरेर केही पुग्दैन भन्ने लाग्छ । हामी बैंकहरुले यो बलो ठूलो योगदान दिएका छौं र दिनुपर्ने दायित्व पनि हो । लकडाउन फेरि लम्बियो भने फेरि सोच्नु पर्ने अवस्था पक्कै आउने छ । ग्राहकहरुलाई चैत्र र वैशाखको किस्ताकाकुराको आर्थिक भार पक्कै बढ्ने छ । त्यसकारण राज्यस्तरबाटै सबै पक्षको गहन अध्ययन गरि सबै पक्षलाई समेटिने किसिमबाट सम्बोधन हुनु पर्दछ । यो बेला जनतालाई बचाउने बेला हो । जनता, देश, तपाई, हामी सबै बचेर अगाडी बढ्नुपर्दछ । अरु कुरा त भैहाल्छ, परिवर्तनका कुरा समाजका कुरा मानव रहे न रहने हो भूपेन्द्र जी ।
० बैंकहरुको वित्तिय विवरण केही दिन भित्रै आउने देखिन्छ । यो लकडाउनले नाफामा कस्तो असर पर्ला त ?
अर्थतन्त्रको मुटु नै बैकिङ्ग क्षेत्र हो । अर्थतन्त्र चलायमान बैकिङ्ग प्रणाली भित्रैबाट हुने हो ।
अर्कोतिर आर्थिक रुपमा पनि निकै ठूलो असर गरेको छ र यो कुनै एक देशको मात्रै नभई विश्वव्यापी भएकोले यसको ठूलो असर पर्ने निश्चित छ । नेपालमा पनि आर्थिक रुपमा यसको असर ठुलो छ । यसको असर कति लामो समयसम्म हुने हो त्यो हेर्न बाँकी छ । यो समयले देखाउदै जाने नै छ ।
नेपालका बैंकहरु अहिले समन्वयमा काम गरिरहेका छन् । नेपाल बैंकर्स एशोसियसन र नियमनकारी निकायसंगको समन्वयमा काम भईरहेकोले गर्दा समस्यामा केही कम छन् । तर, देशकै अवस्था गाह्रो भईसकेपछि के हुन्छ भन्ने अन्योल छ । त्यसलाई चिर्दै अगाडी बढ्नुपर्छ ।
यो बेला नाफा घाटाको कुरा हुँदैन होला ।
बैंकहरुले अबको १५÷२० दिनमा आफ्नो वित्तिय विवरण प्रकाशन गर्ने नै छन् । समय र परिस्थिति हेरेर चल्नु पर्दछ । अहिले अप्ठ्यारो, कठिन र विशम अवस्थामा छ । सबैतिर बैंकलाई मात्रै होइन, व्यवसाय ठप्प छ । नाफा घाटा भन्दा पनि व्यवसायीलाई सफल बनाएर बैंक अगाडी बढ्ने हो, चिन्ता बढेको छ । अर्को कुरा आफ्नो भाग कटाएर राज्यलाई यो बेला केही दिनु पर्दछ भन्ने भावना बढेको छ ।
देश लकडाउन हुनु भन्दा पहिला नै हाम्रो सञ्चालक समितिले निर्णय गरेर १ करोड दियो र कोष स्थापना गर्न यसले मद्दत पु¥यायो र राज्यले कोष नै खडा ग¥यो । २७ वाणिज्य बैंकहरुमा सबै भन्दा पहिला निर्णय गर्ने बैंक हो, नेपाल बैंक लिमिटेड । त्यसकारण राज्यलाई अप्ठ्यारो पर्दा हामी सधै अग्र पंक्तिमा रहने बैंक भित्र पर्दछौं । अर्को कुरा हामीले ७ वटै प्रदेशमा ५÷५ लाख गरि ३५ लाख दिएका छौं । जम्मा १ करोड ३५ लाख कोराना बिरुद्ध लड्न सहयोग गरेको अवस्था छ ।
० सीइओ साव तपाई नेपालको सबै भन्दा पूराना बैंकको सीइओ मलाई भनिदिनु हामी नेपालीले भूकम्प, नाकाबन्दी समाजका आमुल परिवर्तन देख्यौ तर, कहिले जीवनमा नभोगेको लामो लकडाउनमा तपाई हाम िछौं । यसबाट पाठ सिक्दै कस्तो तयारी गर्नुपर्ला ?
भूपेन्द्रजी अत्यन्तै समसामयिक सान्दभिक प्रश्न सोध्नु भयो । यो घर देश विशेष नभई विश्वव्यापी समस्यामा हो । यसमा दुईमत छैन । एउटालाई पर्दा अर्काेले सहयोग गर्ने परम्परा छ । तर, अहिले विश्वका देशका सहयोग हात आएका छैनन् । विश्व रोईरहेको छ । रोगसंग लड्न धौधौ परेको समाचार हेर्न र पठ्न पाइन्छ ।
त्यसकारण हामीले दीर्घकालीन व्यापार व्यवसायमा ध्यान दिनु प¥यो । अर्को वर्ष यसले ठूलो असर अर्थतन्त्रका साथै बैकिङ्ग प्रणालीमा पर्नेमा दुई मत छैन । त्यसकारण दीर्घकालिन सोच राख्दै रिर्जव फण्डको व्यवस्था हुनु जरुरी देखिन्छ । अर्को कुरा स्वास्थ्यका पूर्वधारको तयारी गरिनु जरुरी छ । प्रस्तै भन्नु पर्दा जीवनमा स्वास्थ्य नै ठूलो कुरा रहेछ भन्ने कुरा यसबाट प्रमाणित भएको देखिन्छ । यसका सबै पूर्वाधारहरुलाई राज्यले लगानी गर्न अब सुरु गरिनु पर्दछ । यसमा हामीले साथ र सहयोग दिने नै हो ।
अर्को कुरा भूपेन्द्रजी यो बेला सुरक्षित मापदण्ड हामी सबैले अपनाउनु पर्दछ । यसलाई अबसरकोरुपमा लिदै मोबाइल बैकिङ्ग इन्टरनेट बैकिङ्ग चलाउन सकिन्छ । यो सिक्ने अवसर पनि भन्न चाहान्छु । एटिएमबाट भन्दा पनि घरबाटै कारोबार गर्नु उचित छ ।
० राष्ट्र बैंकमा हालै नयाँ गर्भनर आउनु भएको छ । उहाँबाट तपाईहरुको आशा चाहि के छ ?
गर्भनर महाप्रसाद अधिकारीज्यू बैकिङ्ग बुझेको अनुभवी र दक्ष गर्भनर मुलुकले पाएकोमा हाम्रो बैकिङ्ग प्रणाली खुशी छ । हामीसबैले चाहेको शालिन स्वभावको र सोचेर निर्णय लिने गर्भनर हामीले पाएका छौं ।
अर्को कुरा नेपाल राष्ट्र बैंक भित्रै विभिन्न पदमा रहि ३० वर्ष काम गर्नु भएको १ कार्यकाल डिपुटी गर्भनर भैसकेको मान्छे हामीले गर्भनर पाएका छौं । राज्यले केन्द्रीय बैंकको गर्भनर उचित व्यक्ति छनौट ग¥यो । उहाँले अप्ठ्यारो बेला नेतृत्व सम्हाल्नु भएको छ । यसमा हामीले साथ दिनु पर्दछ । देश विदेश र नेपाली अर्थतन्त्रले चिनेका मान्छे गर्भनर पाउँदा बैकिङ्ग प्रणाली अत्यन्तै खुशी छ ।
० अन्त्यमा लाखौं ग्राहक, शेयरधनी, प्रोमोटर र नेपाली जनतालाई केही भन्नु छ ?
यो समय धैर्य धारण गर्ने समय हो । घरमै बसेर इन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्गबाटै कारोबार गरौं । हामीले लकडाउन पूर्ण रुपले पालना गरौं । विशम परिस्थितिमा अत्यन्तै संम्बेदनशील बनौं ।
ठूलो आर्थिक महत्वकाक्षा यो बेला कसैले पनि नराखौ । यो लडाईलाई जितौ । निराश कहिले नबनौ । शक्ति र उर्जा बटुल्दै अदृश्य शक्तिसंग लडौं र एकले अर्कोलाई यो बेला सहयोग गरौं । अति आवश्यक सामान किन्न मात्रै एटिएम जाऔं । परिवारसंगै बसौं । नयाँ नयाँ कुरा सिकैं । त्रसित नबनौ । विश्वव्यापी रुपमा फैलिएको यो कोरोनाको महामारीबाट तपाई, तपाईको परिवार आफन्तजन र जनता बचाउने कर्तव्य तपाईकै हातमा छ ।