• होमपेज
  • कोरोना अपडेट
  • जीवनलाई जोखिममा राखेर जनतालाई सेवा दिईरहेको छौं

जीवनलाई जोखिममा राखेर जनतालाई सेवा दिईरहेको छौं

  • शुक्रबार, चैत्र १४, २०७६
जीवनलाई जोखिममा राखेर जनतालाई सेवा दिईरहेको छौं

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसले नेपाल त्रसित बनाएको छ । यही चैत्र ११ गतेदेखि १८ गतेसम्मका लागि सरकारले देशलाई नै लक डाउन गरेको छ । लक डाउनका कारण कुनै पनि व्यक्ति सरकारको अनुमति विना घर बाहिर निस्कन सक्ने अवस्था छैन ।

यस्तो अवस्थामा पनि नेपालका विकास बैंकहरुले सेवा प्रदान गरिरहेका छन् । डिजिटल कारोबारलाई प्रोत्साहन दिएका बैंकहरुले डिजिटल कारोबार गर्न नसक्ने ग्राहकलाई कारोबार सुचार गर्न सिमित शाखाहरु खोलेर सेवा दिइरहेका छन् । यस्तो अवस्थामा विकास बैंक खोलेर सेवा दिन के कस्ता कठिनाईहरु भोग्नु परेको छ ।

बैंक मात्रै खुलेका छन् कि कारोबार पनि भइरहेको छ । बैंकका कर्मचारीहरुको कस्तो सुरक्षा विधि अपनाइएको छ र नेपालका विकास बैंकहरुले कसरी सेवा दिइरहेका छन् भनेर जानकारी दिन डेभलपमेन्ट बैंकर्स एशोसियनका अध्यक्ष एवं गरिमा विकास बैंकका सीइओ गोबिन्द प्रसाद ढकालसंग  भूपेन्द्र आचार्यले गरेको कुराकानीः–

० यो बिसम परिस्थितिमा विकाश बैंकहरुको वर्तमान अवस्था कस्तो छ अध्यक्षज्यू ?
तपाई हामीलाई थाहा नै छ कोरोना भाईरसको आक्रमणबाट विश्व नै त्रसित छ । हजारौले ज्यान गुमाएका छन् । लाखौं बिरामी छन् । नेपाल अहिले लकडाउन छ । यो विशम परिस्थितिमा विकास बैंकहरुले सेवा दिइरहेको अवस्था छ ।

तर, हामीलाई सरकार स्थानीय निकाय र राष्ट्र बैंकबीच फरक फरक कुरा आउँदा केही असहज भने पक्कै भएको छ । आफै सर्तक भएर सेवा दिनु पर्ने बेला छ ।
हामी ग्राहकहरुलाई पैसा झिक्न नपाएर औषधी र खाद्यान्न किन्न नपाइने अवस्था पटक्कै आउन दिने छैनौ । जीवनलाई जोखिममा राखेर जनतालाई सेवा दिईरहेको छौं ।

० राहतको प्याकेज ग्राहकहरुलाई दिनुपर्ने अवस्था देखिन्छ । तपाईहरुको तयारी चाही के छ नि ?
हामीले ग्राहकहरुलाई दिनुपर्ने सेवा केही शाखाबाट दिएको अवस्था छ । एटिएम हाम्रा चौविसै घण्टा खुल्ला छन् ।

कुनै शुल्क हामीले लिदैनौ । अर्को कुरा के छ भने राष्ट्र बैंकले दिएको निर्देशन अनुसार ग्राहकहरुलाई चैत्रसम्म कर्जाको साँवा ब्याज हाल्न छुट छ । कुनै शुल्क हामी लिदैनौ । बैंक भनेको ग्राहकमुखी सेवा हो । ग्राहकलाई नगद चाहिए हामी दिन तयार छौं ।

० सरकारले कोरोना भाइरस बिरुद्ध लड्न स्थापना गरेको कोषमा विकास बैंकहरुको छाता संस्था डेभलमपेन्ट बैंकर्स एसोशियसनले कस्तो सहयोग गरेको छ त ?
कुरा चलिरहेको छ । हाम्रो संस्थाको बैंठक बसेको छैन । हामी एउटा निर्णयमा पुग्ने नै छौं । आ–आफ्ना बैंकबाट पनि दिने हो कि भन्ने पक्षमा पनि छौं । यो बेला सबै नेपाली एक भएर लाग्नु पर्दछ । सरकारलाई हाम्रो साथ सधै रहने नै छ ।

आउँदो आर्थिक वर्षको सामाजिक उत्तरदायित्व कोषबाट निकासा गरेर भए पनि केही दिने पक्षमा हामी छौं । खास गरि पर्यटन व्यवसायलाई ठूलो असर परेको छ । यसका लागि पनि केही कार्यक्रम सरकारले ल्याउन जरुरी देखिन्छ ।

० विकास बैंकहरुका एटिएममा पैसा नभएको र केही साँझ नर्पदै बन्द गरिएको गुनासा भएको छन् नि ?
यो झुट हो । हाम्रा एटिएममा प्रसस्त पैसा छ । हामीले पाएका पासहरु दिएर एटिएममा कर्मचारीले पैसा हाल्नु भएको अवस्था छ । एटिएम चौविसै घण्टा खुल्ला नै छन् र कुनै पनि बैंकको कार्ड प्रयोग गरेपनि हामी शुल्क लिदैनौ ढुक्क भए हुन्छ ।

० कर्जाको साँवा व्याज मिनाहा बारे के गर्ने सोच्नु भएको छ त ?
मैले अगाडी नै भनिसके चैत्र मसान्त भरी छुट छ । हामीले फोन गरेका छैनौ । राष्ट्रिय समस्या आएको छ । कोरोना भाइरसले देश लकडाउनमा छ यो हामीले बुझेका छौं । हामी पनि यही समाजका मान्छे हौ । हामी सहयोग पक्कै गर्दछौं ।

० देश लकडाउन भएको अवस्थामा खुलेका बैंकका शाखामा काम गर्ने कर्मचारीहरुको स्वास्थ अवस्थाबारे चाहि के सोच्नु भएके छ । अध्यक्ष ज्यू ?
महत्वपूर्ण प्रश्न सोध्नु भयो । कर्मचारी हाम्रा सम्पत्ती हुन् । सम्पत्तीको रक्षा गर्नु हाम्रो पहिलो दायित्व हो । हामीले प्रस्टै भनेका छौं । हाम्रो पहिलो प्राथमिकता भनेकै कर्मचारी साथीहरुको सुरक्षा नै हो ।

त्यसकारण सेनिटाइजर, माक्स र पञ्जाको पर्याप्त व्यवस्था गरेका छौं । ज्वरो नाप्ने मेसिनको व्यवस्था गरेका छौं । ज्वरो आएका ग्राहकहरुलाई बैंक प्रवेश निषेध छ । केही टाढाबाटै कारोबार गर्ने व्यवस्था मिलाईएको छ नि ।

० कोरोनाको कारण लकडाउन लम्बिने देखिन्छ । यसको तयारी चाही कस्तो छ त ?
यो सक्रमणसंग आज संसारका कुनै पनि देशहरुले पूर्व तयारी गरेको थिएनन् । हामी भन्दा धेरै शक्तिशाली राष्ट्र आज रोहीरहेको छ । यसले ठूले मात्रामा अर्थतन्त्रलाई हानेको छ । त्यसकारण हामी नेपालीले पाठ सिक्दै पूर्व तयारी गर्नु पर्ने अवस्था छ । त्यो हामी गर्दछौं ।

० कोरोना भाइरसका कारण मुलुकको वित्तिय अवस्थालाई कस्तो असर पर्ने देख्नु भएको छ ?
महत्वपूर्ण प्रश्न सोध्नु भयो । हामी मात्रै होइन कोरोना भाइरसका काराण विश्व अर्थतन्त्रनै तहसनहस भएको छ । यसमा हामी पनि छुटेका पक्कै छैनौ । असर पर्ने संकेत देखा परेका छन् । १÷२ महिना भयो भने त फरक नपर्ला तर लामो समय यस्तै भयो भने हामीलाई तग्रिन निक्कै गाह्रो हुने अवस्था पक्कै आउने देखिन्छ ।

० अन्यमा के छ त ?
हामी विकास बैंकहरुले सेवा दिने कुरामा पटक्कै कन्जुसी गरेका छैनौ । ग्राहकमुखी सेवा दिने पक्षमा नै छौं । हामीले फोन नम्बरहरु दिएका छौं । सम्पर्क गरेर नगद लिन सकिन्छ । एटिएम खुल्ला छन् । स्वास्थ रहनुहोस् । घरबाट बाहिर ननिस्कनुहोस् । विकास बैंकहरु ग्राहकमुखी सेवा दिन प्रतिबद्ध छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि