• होमपेज
  • समाचार
  • युवा नेता मदुकुमारद्वारा धादिङमा निशुल्क मास्क र साबुन वितरण

युवा नेता मदुकुमारद्वारा धादिङमा निशुल्क मास्क र साबुन वितरण

  • मङ्लबार, चैत्र ११, २०७६
युवा नेता मदुकुमारद्वारा धादिङमा निशुल्क मास्क र साबुन वितरण

नेपाली कांग्रेसका लोकप्रिय युवा नेता तथा महासमिति सदस्य, समाजसेवी मदुकुमार श्रेष्ठले धादिङ क्षेत्र न १ प्रदेश सभा (क) मा करिब २०,०००(बिस हजार) मास्क र साबुन निशुल्क वितरण गरेका छन् । कोरोना भाइरसले विश्वभर महामारीको रुप लिईरहदा उक्त भाइरसको संक्रमण बाट बच्न जनचेतना फैलाउदै नेता श्रेष्ठ आफ्नो क्षेत्रका जनता समक्ष गाउँ गाउँ पुगेका हुन् ।

युवाहरुका ढुक ढुकी, बृद वृदाहरुका सहारा तथा बालबालिकाहरुका अबिभाबक बन्न सफल बरिष्ट समाजसेवी, नायक तथा युवा नेता मदुकुमार श्रेष्ठ एक इमान्दार, स्वच्छ छबि भएका कर्मठ, निष्ठाबान, स्पस्ट बक्ता, बिकाशप्रेमी, जनताको भावना बुझेर काम गर्न सक्ने तथा नेतृत्वदायी क्षमता भएका व्यक्तित्वको रुपमा परिचित छन l

आफ्नो क्षेत्रका जनताहरुलाई आपद-विपद परेको बेला सदैब सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै आएका नेता श्रेष्ठले धादिङका जनताहरुलाइ जनचेतना फैलाउदै कोरोनाको संक्रमण बाट बच्न र बचाउनको लागि भन्दै उक्त मास्क र साबुन वितरण गरेका हुन् ।

प्राय नेताहरु चुनाबको बेला मात्र आफ्नो क्षेत्रमा गएर ठुलो ठुलो भाषण गर्दै सपना बाड्छन अनि चुनाब जिते पछि आफ्नो क्षेत्रमा पाइला समेत नटेक्ने प्रवृति रहदै आएको बेला युवा नेता मदुकुमार श्रेष्ठले जनताको हरेक सुख दुखमा साथ् दिदै आएका छन । बाडी पहिरो पिडित देखि दिन दुखि असाहयहरु लाइ समेत सहयोग गर्दै आएका नेताले अहिलेको यस संकटको घडिमा आफुले सम्पूर्ण नेपालीहरुलाई सक्दो सहयोग गर्ने बताउछन ।

चलचित्रका समेत नायक रहेका आफ्ना लोकप्रिय नेता यस संक्रमणको घडिमा आफ्नै अगाडी आएर जनताको चाहना तथा भावना बुजेर सेवाभाबको साथमा जनचेतना फैलाएकोमा उक्त क्षेत्रका जनताहरु हर्षित भएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि