• होमपेज
  • बैंकिङ्ग
  • मोबाईल टपअपमा गर्दा २५% को क्यासब्याक

मोबाईल टपअपमा गर्दा २५% को क्यासब्याक

  • बिहिबार, चैत्र ६, २०७६
मोबाईल टपअपमा गर्दा २५% को क्यासब्याक

“प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मूल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकल आफ्नो मोबाईल बैकिङ एपबाट टपअप गर्दा २५% क्यासब्याक प्रदान गर्ने भएको छ ।
एफ वान सफ्टको सहकार्यमा सीमित अवधिको लागि यो योजना ल्याएको हो । यो सुविधा मोबाईल बैकिङ्ग एपबाट पहिलो पटक टपअप गर्ने ग्राहकले मात्र प्राप्त गर्ने छन् ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२३ वटा शाखा तथा ६४ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार