• होमपेज
  • देश
  • महालक्ष्मी विकास बैंकद्वारा महानगरीय प्रहरी अपराध महाशाखामा एलइडि सूचना बोर्ड जडान

महालक्ष्मी विकास बैंकद्वारा महानगरीय प्रहरी अपराध महाशाखामा एलइडि सूचना बोर्ड जडान

  • सोमवार, चैत्र ३, २०७६
महालक्ष्मी विकास बैंकद्वारा महानगरीय प्रहरी अपराध महाशाखामा एलइडि सूचना बोर्ड जडान

महालक्ष्मी विकास बैंक लि.ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकले  महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा P4 LEDसूचना बोर्ड जडान गरेको छ ।

उक्त उपकरण एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सहकुल ब. थापालाई हस्तान्तरण गरेका थिए । महानगरीय प्रहरी अपराध महाशाखा टेकु हुँदै आवतजावत गर्ने सर्वसाधारणहरुलाई विभिन्न प्रहरी सूचना तथा प्रहरी गतिविधि सम्प्रेषण गरी अपराधिक क्रियाकलाप न्युनीकरणमा मद्दत गर्ने उद्देश्यसहित बैंकले उक्त उपकरण जडान गरेको हो ।

देशका १०२ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले आगामी दिनहरुमा संगठनसँग समन्वय गरी अपराध नियन्त्रणसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार