• होमपेज
  • अन्तरवार्ता
  • उपयुक्त पार्टनर भयो भने मर्जमा जान्छौं

उपयुक्त पार्टनर भयो भने मर्जमा जान्छौं

प्रविण बस्नेत, सिईओ, कामना सेवा विकास बैंक लि 

  • साेमबार, चैत्र ३, २०७६
उपयुक्त पार्टनर भयो भने मर्जमा जान्छौं

तपाईं आएपछि कामना सेवाको नेटवर्क ठूलो बनाउनुभयो, यसैकारणले बैंको नाफा त धेरै कम देखियो नि किन ? 
हामी हाईपर एग्रेसिप मोडमा गयौं । हाईपर एग्रेसिप मोड भनेको हामीले हाम्रो समकक्षी संस्थाहरूको हाराहारीमा एउटा विजनेश भोलुम शाखा सञ्जाल सबै ठाउँमा पुर्याउनुपर्ने एउटा बाध्यता थियो । वास्तवमा भन्ने हो भने लगभग नजिकको कम्पिटेटिभभन्दा ५० प्रतिशतभन्दा बेसीले चाहिँ सबै कुराको प्यारामिटरमा हामी पछाडि थियौं ।

हामीले यो दुई वर्षमा हाईपर एग्रेसिप मोडमा जानुपर्यो । यो हाईपर एग्रेसिप मोडमा जाँदाखेरि र रियल सेन्समा राष्ट्रियस्तरको विकास बैंक हुनको लागि पोखरा, बुटवल, नारायणगढ, क्षेत्रबाट बाहिर निस्केर सम्पूर्ण प्रदेशमा र काठमाडौं उपत्यकामा उपस्थिति जनाउनका लागि ठूलो सञ्जाल हामीलाई चाहियो ।

यो शाखा सञ्जालकासाथै कस्ट अफ कन्स्ट्रक्सन, नयाँ इक्यूपमेन्टका कस्टहरू भए, र यहाँ काम गर्न हाम्रा टिम बिल्ड गर्नुपर्ने कुरा भए, टेक्नोलोजीलाई विकास गर्नुपर्नेलगायतका कुराले गर्दा थप कस्ट लाग्यो । यो खर्चलाइ कस्टभन्दा पनि इन्भेष्टमेन्टको रुपमा यसलाई लिएका छौं । यही इन्भेष्टमेन्टहरूका कारण प्रोफिटमा केही हिट गरेकोचाहिँ हो । तर, वास्तवमा यो इन्भेष्टमेन्ट भएकाले अब कालान्तरमा चाहिँ फाइदा हुन्छ ।

अहिले टेक्नोलोजीको जमाना छ, डिजिटल टीमको कुरा पनि गर्छाैं, यसका लागि यति धेरै शाखा चाहिने हो र ? 
बैंकिङ हिस्टोरीमा हेर्नुहुन्छ भने वेस्टर्न वल्र्डमा पनि यो डिजिटाइजेसन अटोमेशन र बैंक ब्रान्चेज कोड डिवेट चलेको वर्षाै भईसक्यो । यो आज होइन, २५ वर्ष अगाडि चलेको डिवेट हो । र आज पनि हेर्ने हो भने ब्रान्च एक्सापान्सनको फिजिकल रेट केही घटेको छैन । तर, नम्वर अफ ब्रान्चेजहरू नै नचाहिने त्यस्तो किसिमले परिवर्तन भइसकेको अवस्था छैन । संसारमा अनलाइन सपिङले गर्दा रियल सपिङ सेन्टरहरूचाहिँ वेस्टमा र अन्य मुलुकमा घटेको ज्वलन्त उदाहरणहरू छन् ।

त्यस्ता सपिङ सेन्टरहरू अपार्टमेन्ट्स वा होटेलहरूमा बदलिएका छन् । तर, फिजिकल बैंकको लागि चाहिँ डिजिटाइजेशनमा त्यत्रो ठूलो परिवर्तन भइसकेको अवस्था छैन । हाम्रोजस्तो मुलुकमा आफ्नै लिमिटेशनहरू छन् । हाम्रो देशमा के विश्वास छ भने चिन्ने–जान्ने र हेर्ने । त्यसको लागि फिजिकल प्रिजेन्सबाहेक अरू विकल्प त्यति बलियोसँग आइसकेको छैन । अब ग्याज्रुअल्ली हामीलाई डिजिटाइजेशन अटोमशनले यो ब्रिकेन वाल रिप्लेश गर्छ भन्ने कुरामा हामी पनि कन्भीन्स छौँ । तर, त्यो यति चाँडै, तुरुन्तै र अहिले नै भन्नेचाहिँ हैन । अझै समय लाग्छ ।

एग्रेशिभली ब्रान्च एक्सपान्सनले खर्च धान्नै नसक्ने गरी बढाएको देखियो नि ? 
धान्ने नसक्ने गरी खर्च बढाएको त पक्कै पनि होईन । किनभने बिजनेश मोडल त्यस्तो हुँदा पनि हुँदैन । हामीले जुन एडिशनल ब्रान्चेजहरू खोलेर त्यसबाट एडिशनल रेभिन्यू सिर्जना गरेका छौँ, त्यो एडिशनल रेभिन्यूले हामीले एडिशनल एक्सपेन्सेस बुक गरेका छौं । यसरी त्यो एडिशनल एक्सपेन्सलाई सेटअप गर्न सफल भएका छौं । यो काम सुरुवात मै गर्न सफल भएका छौँ । र, ठूलो चाँहि भोलुममा विजनेश बढाउन सफल भएका छौं ।

म यस बैंकमा आउँदा साढे १२ अर्बको लोन थियो । अहिले २५ अर्बभन्दा बढी पुगेको अवस्था छ । त्यस्तै, पौने १५ अर्बको हाराहारीमा डिपोजिट भएकोमा अहिले २९ अर्बभन्दा माथि पुगेको छ । योचाहिँ डवल एचिभमेन्ट हो । त्यही भएर यो विस्तारले नै विजनेश डबल गर्न सम्भंव भयो । पुरानै ब्रान्चेजबाट यो ग्रोथ सम्भव हुँदैनथ्यो ।

अर्काे कुराचाहिँ त्यतिकै बसेको भए तपाईंले के प्रश्न सोध्नुहुन्थ्यो भने राष्ट्रियस्तरको विकास बैंक भएर पोखरा, नारायणगढ र बुटवलमा मात्र साखा हुन्छ त ? भन्ने सोध्नुहुन्थ्यो । अहिले त्यो प्रश्न सोध्ने अवस्था छैन । हामीले ग्राहकको घर, दैलो वा ढोका ढोकामा पुगेर सेवा दिने अवस्थामा पुगेका छौँ ।

हिजोका दिनमा डेढ लाख ग्राहक भएको हाम्रो बैंकमा करिब तीन लाख पुर्याइसकेको छौँ । सबै प्यारामिटरमा हामी यो डेढ वर्षको दौरानमा चाहिँ डवल बढेका छौँ । त्यसैले हामी एकदमै एक्साइटेड छौँ, यो बटम लाइन, नाफा भन्ने कुरा गर्दैभन्दा पहिला मेन कुरा भनेको बिजनेश कस्टमर्सको आधार हो । त्यो हामीले गरिसकेको छौँ । र चाँडै हामी नाफामा फड्को मार्नेछाँै ।

तपाईं आएपछि शाखाहरू धेरै खोल्नुभयो, कति प्रतिशत नाफामा छन् शाखाहरू ? 
मैले यस पदमा काम गरेको एक वर्ष भयो । माघ महिनामा टेक–अफ गरेको थिए, अब अहिले फागुनमा एक वर्ष एक महिना भयो । ५९ ब्रान्च थिए, त्यतिखेर, अहिले १२० को हाराहारीमा पुगेका छन् । ७५ प्रतिशत शाखाहरूले नाफा गरिरहेका छन् । बाँकी २५ प्रतिशतलाई चाहिँ हामी धेरै नै मेहनत गरेर लागि रहेको छौँ । चाँडै नै नाफामा जान्छ भन्ने आशा गरिरहेका छौँ ।

तपाईं एनआईसी एशियाबाट यता आउनुभयो, एनआईसीको स्कुलिङ भएको हुनाले त्यही रणनीति कपी गरेको भन्छन् नि ? 
म एनआईसी एशियाबाट माछापुच्छ्रे बैंक हुँदैआएको हुँ । सबै बैंकहरूमा उच्च व्यवस्थापनमा बसेर काम गरे । बैंक भनेको आफैमा के हो भन्दा त्यसभित्र काम गर्ने पिपुलहरू हुन् । जुन बैंकमा म उच्च व्यवस्थापनमा बसे त्यो बैंकले बनाउने नीति–नियम बनाउनेमा म पनि सलग्न थिएँ । अर्काे कुरा के छ भने म चार्टर्ड एकाउन्टेन हुँ ।

मैले ठूलो इकोनोमी भएको भारतमा बसेर काम गर्ने मौका पाएँ । त्यहाँको उत्कृष्ट बैंकहरू आईसीआईसीआई, बिओपी, बिओआईजस्ता बैंकहरूमा इन्टर्नसिपको रुपमा लामो समय उनीहरूको सिस्टम हेर्ने मौका पाएँ ।

म आफैमा अध्ययनशील ब्यक्ति भएकाले संसारभरि के चलिरहेको छ, के गर्दा राम्रो हुन्छ, कस्तो रणनीतिहरू हुन्छ भन्नेबारेमा पनि म जानकारी राख्छु र त्यसलाई फ्लो गर्छु । म एउटा म्यानेजमेन्टको विद्यार्थी भएको हुनाले संस्थाहरूलाई कस्तो रणनीति लिएर सफल बनाउन सकिन्छ भन्ने कुरामा पनि नेपालको परिप्रेक्षमा राम्रो स्ट्रोङ होल्ड राख्छु ।

त्यसैले कुनै संस्थामा काम गरेर सिक्नेभन्दा पनि त्यो संस्थालाई के दिने भन्ने कुरा महत्वपूर्ण हुन्छ । हामी नर्मल पिपुल नर्मल जब होल्डर होइनौँ । संस्थालाई हामीले योगदान दिने हो । कन्ट्रिब्यूसन गर्ने हो । यसैक्रममा केही योगदान हामीले दिन्छौँ, केहि योगदान हामीले सिक्छाँै । कुनै संस्थाले बनाएको रणनीतिलाई अर्काे संस्थामा गएर लागू गरेमा त्यो सफल पनि हुँदैन भन्ने मलाई लाग्छ ।

ग्रास रुटमा एक्सेस टु फाइनान्सको हिसाबले हामीले धेरै नै कन्ट्रीब्यूसन गरेका छौँ । त्यो कन्ट्रीब्यूसनको कारणले उहाँहरूको ब्यापार ब्यवसाय मौलाएको छ । उहाँहरूको मोर रिक्वायरमेन्टहरू पूरा भएका छन् । यसकारण इकोनोमिक्समा हाम्रो ठूलो कन्ट्रीब्यूसन छ जस्तो  मलाई लाग्छ ।

त्यही भएर भनेको एनआईसीले सुरुमा गरेर सफल भयो, अब त सबै ठाउमा बैंक पगिसकेका छन्, विकास बैंकले त्यसरी नै जादा सफल होला र ? 
त्यसैले त्यो कपी–पेस्ट सफल हुँदैन, त्यो परि स्थितिअनुसार काम गर्नुपर्ने हुन्छ । यो प्रश्न तपाईंले अरू डेभलपमेन्ट बैंकहरूले सोध्नुभयो भने उहाँहरूले के भन्नुहुन्छ ? मुक्तिनाथलाई सोध्नुभयो भने उसले त एनआईसीको हाराहारीमा त्यही समयमा गएको थियो । त्यसैले यो प्रश्नको कम्पियर गर्नु उचित छैन । किनभने ए क्लासको भन्नेवित्तिकै धेरैवटा बेनिफिटहरू छन् नि त । सबैभन्दा बेनिफिटचाहिँ सरकारी फण्ड चलाउन पायो । ‘बी–क्लास’लाई सरकारी फण्ड चलाउन पाउने भएमा अनि रियल सेन्समा बैंकिङ हामी पनि सिकाइदिन्छौँ ।

विकास बैंकहरूचाहि अब टिक्न नसक्ने भए भन्छन्, मर्जरमा जाने प्लान के छ ? 
विकास बैंकहरू उच्च मनोवलकासाथ काम गरिरहेका छन् । हालैमात्र इन्फरमल्ली विकास बैंकहरूको आवश्यकता छ भन्ने किसिमका समाचारहरू रेस्पोन्सबल्ली कोट गरेर आइरहेका छन् ।

हाम्रो आफ्नो ‘थट–प्रोसेस’ पनि के थियो भने ग्रामीण क्षेत्रमा र सहरोन्मुख क्षेत्रहरूमा धेरै जनतालाई बैंक भनेको के हो भनेर पहिलोचोटि परिचय दिने र बैंकिङमा ल्याउने काम विकास बैंकहरूले नै गरेको हो । ग्रास रुटमा एक्सेस टु फाइनान्सको हिसाबले हामीले धेरै नै कन्ट्रीब्यूसन गरेका छौँ । त्यो कन्ट्रीब्यूसनको कारणले उहाँहरूको ब्यापार ब्यवसाय मौलाएको छ । उहाँहरूको मोर रिक्वायरमेन्टहरू पूरा भएका छन् । यसकारण इकोनोमिक्समा हाम्रो ठूलो कन्ट्रीब्यूसन छ जस्तो  मलाई लाग्छ । उच्च मनोवलले हामीहरू काम गरिरहेका छौँ ।

हामीलाई एकदमै उपयुक्त पार्टनर भयो भने मर्जमा जाने र अझ बेटर हुने भन्ने पनि विकल्प छ । र यदि नहुँदा पनि हामी स्ट्रोङ बैंक भएर हामी अगाडि बढ्ने योजना पनि रहेको छ । एउटा इन्ट्रेस्टिङ कुरा तपाईंले मस्ट अफ द डेभलपमेन्ट बैंकहरूको फिगर हेर्नुभयो भने तीन/चार वर्षको कमर्सियल बैंकहरूकोभन्दा फरक पाउनुहुन्न । भनेपछि तीन/चार वर्ष भनेको धेरै ठूलो कुरो होईन । र यत्रो प्रिभिलेजहरू युज गरेको बाणिज्य बैंकहरूसँग हाम्रो त कम्पिटिसनको कुरै भएन नि । उनीहरूसँग कम्पिटीसन गर्ने होइन । मोटरसाइकल र साइकललाई कम्पियर गरेर कुनै अर्थ छैन ।

राम्रो भनेका विकास बैंकहरू नै मर्जरमा गइरहेका बेलामा चाहि“ कामना कसरी टिक्न सक्ला त ? 
सबैभन्दा त ठूलो कुरा कस्टमर्सको च्वाइस हो । हामी यस्तो आभारहरू बनाउँदैछौँ कि कस्टमर्सहरूलाई हामी ह्याप्पी राख्न सकौँ । कस्टमरलाई खुशी र सन्तुष्ट राख्न सक्यौं भने त बाँकी कुरामा टिक्ने भन्ने कुरा त सहज हुन्छ ।

डे टु डे बेसिकमा हेर्ने हो भने लिक्विडीटी बढ्यो भन्छन्, घट्यो भन्छन् अनेक समस्या छ भन्छन्, तर डेभलपमेन्ट बैंकहरूलाई त्यस्तो कुराले छुँदा पनि छुँदैन । हाम्रो रिटेल बेस छ । हामीकहाँ अहिले हेर्ने हो भने उत्तिकैरुपमा कर्जा छ, आजको दिनमा पनि मेरो डिपोजिटको ग्रोथ उत्तिकै रहेको छ ।

मुख्य कुरा कस्टमर कोसँग छ भन्ने कुरा हो क्या । त्यो कस्टमरहरू विकास बैंकहरूसँग छन् । स्पेसल्ली राष्ट्रियस्तरको विकास बैंक भन्नुहुन्छ भने उनीहरूको स्ट्रोङ होल्डमा गएर हेर्दा त्यहाँको ट्रान्जिक्सनहरू, फस्ट प्रिफ्ररेन्स कसलाई दिन्छ भन्दा यिनै बैंकहरू नै हुन् । त्यही लोभले गर्दाखेरि उनीहरूले छानी–छानी भाउ मोलतोल गरेर सबभन्दा बेस्ट प्राइजेज दिएर डेभलपमेन्ट बैंकहरूलाई तानिरहेका छन् ।

भोलिका दिनमा सरकारी निक्षेपहरू लिने कुरामा चेन्जेज आउँदै जाला र यसले हामीलाई उत्साहित बनाएको छ । अन्य संस्थाहरू पनि लाभान्वित भएर आपैmँ नै डेभलपमेन्ट बैंकहरूमा अप्रोज गरिरहेका छन् । हामीले हाम्रो सेवालाई अझ गुणस्तर र टेक्नोलोजी ओरिन्टेट बनाउँदै गयौ भने अझ यो राम्रो हुन्छ ।

विकास बैंकहरूको भविष्य कस्तो देख्नुहुन्छ ? 
म एकदमै चम्किलो देख्छु । किनभने यिनीहरू माटोमा जोडिएका बैंकहरू हुन् । गाउँ–गाउँ मनमस्तिष्कमा रहेका छन्, त्यसले गर्दा भविष्य राम्रो छ र सबभन्दा हाम्रोचाहिँ सर्भिसेसहरू प्रशनलाइज छन् । हाम्रा शाखाका साथीभाइहरूले त्यहाँका ब्यापारिक समूह र त्यहाँका सम्पूर्ण पपुलेशनमा यसरी मिल्नुभएको छ कि केही बैंकिङसम्बन्धीको चाहना भयो भने उहाँहरूलाई नै सम्झिनुहुन्छ । त्यस्तो अवस्था रहेको छ । एकदमै उज्वल भविष्य देख्छु ।

सरकार पनि निकै नै फ्लेक्जीवल भएर आइरहेको छ । ग्यारेन्टीको बिजनेश हामीलाई ओपन गरिसकेको छ । एलसीको विजनेश ओपन गर्नेमा कुराकानी चलिरहेको छ । क्रेडिट कार्ड इस्यूमा कुराहरू चलिरहेका छन् । भोलिका दिनमा सरकारी निक्षेपहरू लिने कुरामा चेन्जेज आउँदै जाला र यसले हामीलाई उत्साहित बनाएको छ । अन्य संस्थाहरू पनि लाभान्वित भएर आपैmँ नै डेभलपमेन्ट बैंकहरूमा अप्रोज गरिरहेका छन् । हामीले हाम्रो सेवालाई अझ गुणस्तर र टेक्नोलोजी ओरिन्टेट बनाउँदै गयौ भने अझ यो राम्रो हुन्छ ।

अहिले कामना बैंकले सेयरमा गरेको लगानीबाट धेरै नाफा कमाएको सुनिन्छ नि ? 
हाम्रो पुरानो इन्भेष्टमेन्ट थियो । त्यो इन्भेष्मेन्टहरूलाई हामीले सेयर मार्केटमा घट्दै जाँदाखेरि बीचमा एभ्रेजिङ पनि गरेका थियौं । हामीले लगानी गरेकामध्ये इन्स्योरेन्स सेक्टरका स्क्रिप्टहरूले धेरै राम्रो आम्दानी गरेको हो । त्यसैले सेयरमा गरेको लगानीबाट कमाएको साँचो हो ।

कामना सेवा बैंकलाई चाहि“ विकास बैंकहरूमा राख्दा कुन स्थानमा राखेर हेर्नुहुन्छ ? 
कामना सेवा बैंक कान्छो विकास बैंक भएकाले काठमाडौं आउँदाखेरि जुन साइज थियो, त्यतिखेर ११ औं नम्बरमा थियौँ । हामीले केही खुट्कीला पार गरेका छौँ । अब अहिले लगभग ८ औँ नम्बरमा हामी पुगेका छौँ, विजनेशको हिसाबले ।

यो एग्रेसन कति समय रहन्छ, निरन्तर जान्छ कि स्टप हुन्छ ? 
एग्रेशन त निरन्तर रहन्छ । हाइपर एग्रेशन जुन थियो, दुई वर्षको म्यासिभ एक्सापान्स थियो । १२५ वटा शाखा सञ्जाल पुगे, सँगसँगै हामी त्यसलाई अब क्लोज गर्छाै । तर, हामी त्यतिमा रोकिँदैनौँ । अर्गनाइजेशनको रेगुलर ग्रोथ भइरहनुपर्छ भन्ने हाम्रो मान्यता छ । नर्मल ग्रोथ एराउण्ड १० प्रतिशतको ग्रोथ एउटै गर्छाैं । विजनेश क्लोज त विजनेश थ्रोबाट कता जाने भन्ने अर्काे बाटो भइहाल्यो ।

लगानीकर्तामा प्रतिफल निकै कम छ, आगामी वर्ष कस्तो हुन्छ ? 
किनभने हामीले ठूलो रकम इन्भेष्ट ग¥यौँ । शाखा सञ्जाल विस्तार गरेर ग्राहक संख्या बढायौ । त्यसले गर्दा अघिल्लो वर्षको प्रतिफलमा केही कमी रह्यो । र यो वर्षको प्रतिफलमा पनि हाइपर एग्रेशन, हाइपर इन्भेष्टमेन्टले प्रभाव रहला । तर, आगामी वर्षदेखि चाहिँ सबै ब्रान्चहरू ब्रेक इभनमा आइसक्ने र ठूलो कन्ट्रीब्यूसन गर्ने छौँ । आगामी वर्षमा प्रतिफलमा छलाङ मार्छाैं ।
राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाबाट २ करोडसम्मको कर्जा दिनेलाई एउटा रिलाक्सेन दिएको छ, यसले चाहिँ अब कर्जामा एकदम ठप्पजस्तो देखिएको थियो बैंकहरूमा, अब यसले लगानी वातावरण सहज हुने देखिन्छ ।

अहिलेको र पहिलेकोमा धेरै तात्विक भिन्नता देख्दिन म । किनभने अहिले कर चुक्ता प्रमाण–पत्रको प्रोभिजनमा कर दाखिला गरेको रिसिप छ त्यो रिसीपलाई पनि टेक–अप गर्न सक्ने भन्ने भएको हो । यसमा धेरै भिन्नता छैन ।

कर चुक्ताको समस्या समाधान भएको हो र ?
टेक्नीकल्ली यो कर चुक्ता भन्ने शब्द जुन छ, कर चुक्तालाई चाहिँ पहिले हामीले कर दाखिला गर्दाखेरि इन्कम ट्याक्स अफिसले दिएको डकुमेन्टलाई नै कर चुक्ता भनेर अलिकति मिसलिड भएजस्तो लाग्छ । कर चुक्ता भनेको त फाइनल ट्याक्स एसेस्मेन्ट गरिसकेको अवस्था बुझ्नुपर्ने हो कि भन्ने त्यो कन्फ्यूजन पनि छ । त्यस्तो अवस्थामा हामीलाई दुईवटा प्रावधानहरू छन् । एउटा कुनै पनि सेल्फ एसेसमेन्ट सिस्टमअन्तर्गत दाखिला गरेको करचाहिँ ७ वर्षसम्म कोड–अप कोइसनिङहरू त्यसमा भएन भने त्यो फुल–ईन फाइनल भयो । त्यसमा फर्दर ट्याक्स लिने कुरा आएन ।

दोस्रोचाहिँ यदि त्यो पूmल अडिटमा पर्यो भने फूल अडिट गरिसके पछाडि आएको दायित्व थप आयो भने त्यो समय पूरा गरिसकेपछिमात्र फाइनल सेरोमेन्ट हुने अवस्था आउँछ । मझौला र ठूला करदाताको हकमा रि–एसिसमेन्ट भएर फाइलहरू क्लोज हुनुपर्ने अवस्था हो । त्यही भएर अहिलेको र पहिलेकोमा धेरै तात्विक भिन्नता देख्दिन म । किनभने अहिले कर चुक्ता प्रमाण–पत्रको प्रोभिजनमा कर दाखिला गरेको रिसिप छ त्यो रिसीपलाई पनि टेक–अप गर्न सक्ने भन्ने भएको हो । यसमा धेरै भिन्नता छैन । सेयर बजारबाट

Facebook Comments

सम्बन्धित समाचार