• होमपेज
  • समाचार
  • भरोसाका केन्द्र डिआईजी विश्वराज पोखरेल

भरोसाका केन्द्र डिआईजी विश्वराज पोखरेल

  • बुधबार, फाल्गुन ७, २०७६
भरोसाका केन्द्र डिआईजी विश्वराज पोखरेल

महानगरीय प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआईजी) विश्वराज पोखरेललाई प्रहरीको भावी संगठन प्रमुखका रूपमा अगाडि बढाउने तयारी भएको छ ।

प्रहरी प्रवक्ताको जिम्मेवारी कुशलताका साथ निभाएपछि पोखरेललाई महानगरीय प्रहरी कार्यालयको नेतृत्वको जिम्मेवारी दिइएको थियो ।

सुरक्षा संवेदनशील मानिएको उपत्यकाको कमान्डरका रूपमा खटाइएका उनलाई आगामी प्रहरी महानिरिक्षक (आईजी)का रुपमा नियुक्त गरे तत्कालिन आईजी प्रकाश अर्यालको नियुक्ति हुने बेला देखिएको समस्या नआउने सरकारी बुझाई छ ।

हालै मात्र उपत्यकाका विभिन्न युनिटको नेतृत्व गर्ने प्रहरी अधिकारीलाई बोलाएर कडा निर्देशन दिएका डिआईजी पोखरेललाई सरकारले प्रहरी अतिरिक्त महानिरिक्षक ९एआईजी०मा बढुवाका लागि पनि चासो देखाएको छ ।

त्यसैले तीन जनालाई एआईजीमा बढुवा गर्ने सूचीमा उनको नाम चर्चामा छ । आईजीको जिम्मेवारीमा ठाकुरप्रसाद ज्ञवालीलाई नियुक्त गरेपछि सरकारले एआईजी नियुक्तिको तयारी थालेको छ ।

प्रहरी नियमावलीअनुसार तीन जना एआईजी नियुक्त गर्नुपर्ने हुन्छ । जसमा ज्ञवालीका ब्याची तारणीदत्त लम्साल र सूर्यप्रसाद उपाध्याय सँगै डिआईजी पोखरेललाई बढुवाका लागि छलफल चलेको स्रोतले जनाएको छ ।

प्रहरीमा केही बर्षदेखि रहेको डिआईजीबाट आईजीमा नियुक्ति दिनुपर्ने परम्परालाई तोड्नका लागि पनि संगठनमा अब्बल देखिएका डिआईजी पोखरेललाई एआईजीका लागि उपयुक्त पात्र ठान्दै सरकारले गृहकार्य सुरु गरेको हो ।

‘प्रहरीमा युवा नेतृत्व अगाडि ल्याउने र एआईजीबाटै आईजी नियुक्तिको रीत बसाउनका लागि डिआईजी पोखरेलको बढुवा हुनसक्छ’, सरकारी स्रोतले भन्यो,‘हालका आईजी पनि डिआईजीबाट नै नियुक्त भयो । अब एआईजीमा उनका ब्याची र घर जाने उमेर र पदावधि भएका अधिकृत ल्याए फेरि पनि उही अवस्था आउँछ । त्यसो हुन नदिने सोचमा प्रधानमन्त्री, गृहमन्त्रीलगायत हुनुहुन्छ ।’

निवर्तमान आईजी सर्वेन्द्र खनालसँगै तीन एआईजी र १८ डिआईजीको पदावधि सकिएपछि ति पद खाली छन् ।

‘यी पदमा अनिवार्य बढुवा हुनेछन् । तर यो अनिवार्यताले पनि नेतृत्व नियुक्तिका बेला एआईजीमा रहने अवस्थाका कोही हुँदैनन्’, स्रोतले भन्यो,‘त्यसैले जुनियर ब्याचमा रहे पनि काम कर्तव्य र प्रहरीप्रतिको निष्ठालाई हेरेर पोखरेललाई अघि बढाउने तयारी भएको हो ।’

पोखरेलले एसपी हुँदा विभिन्न जिल्ला र एसएसपी हुँदा काठमाडौं परिसरको नेतृत्व समेत राम्रोसँग गरेका कारण ब्याचकै एक नम्बरका हिसाबले अगाडि बढाइएको सरकारी सुत्रले जानकारी दिएको छ ।

‘प्रहरीको संगठनमा आगामी आईजी को हुने भन्ने चर्चालाई अस्वभाविक हुन नदिन र रोलक्रममा नै संगठन प्रमुख तयार पार्न पोखरेल उपयुक्त पात्र हुन्, उनको ब्याचका कोही पनि डिआईजी नभएका कारणले पनि सरकारका लागि उनलाई बढाउन सजिलो हुन्छ’, स्रोतले भन्यो । संगठन प्रमुख भन्ने कुरा सरकारले कार्य क्षमताका आधारमा तोक्ने हो । कसैले मोर्चाबन्दी गर्दैमा संगठन प्रमुख भइन्छ भन्ने सपना राख्नु दिवा सपना मात्र हुनेछ । पछिल्लो समय  पोखरेलको नेतृत्वले संगठनसँगै सरकार समेत आशा र भरोसाका केन्द्र बन्दै गएका छन् ।

नेपाली सेनामा आगामी प्रधानसेनापति कसलाई बनाउने भन्ने विषयमा कुनै समस्या नहुने अवस्था जस्तै नेपाल प्रहरीमा पनि पोखरेल अगाडि बढ्दा त्यसपछि समस्या नदेखिने परामर्शमा गृह मन्त्रालयका अधिकारी रहेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि