• होमपेज
  • समाचार
  • भारत–नेपाल समस्याको निकास सघन संवादको माध्यमबाट खोजौँ

भारत–नेपाल समस्याको निकास सघन संवादको माध्यमबाट खोजौँ

  • मङ्लबार, फाल्गुन ६, २०७६
भारत–नेपाल समस्याको निकास सघन संवादको माध्यमबाट खोजौँ

भारतका एकजना सेवा निवृत्त कूटनीतिक अधिकारीले अनादिकालदेखि भारत–नेपाल सम्बन्ध रगतको नाताले बाँधिएको बताउँदै दुई देशबीचका सबै समस्याको निकास सघन संवादको माध्यमबाट खोजिनुपर्ने आवश्यकता औँल्याएका छन् ।
भारत र नेपालबीचको सम्बन्ध शान्ति, मैत्री, भ्रातृत्व, सहकार्य र साझेदारीमा आधारित छ भन्दै उनले सहयोगात्मक यो सम्बन्ध दुवै देशका जनताको बृहत्तर हितमा केन्द्रित रहेको बताए । ‘नेपाल–भारत सम्बन्ध र भारतको पहिले छिमेक नीति’ शीर्षकमा नीति अनुसन्धान प्रतिष्ठान, नेपालले आज राजधानीमा आयोजना गरेको प्रवचनमा भारतको प्रतिरक्षा अध्ययन तथा विश्लेषण प्रतिष्ठानका महानिर्देशक सुजन ए चिनोइले भूमण्डलीकरणको वर्तमान युगमा परस्पर निर्भर सम्बन्धलाई सूचना र प्रविधिको विकासले अझ सहज तुल्याएको उल्लेख गर्दै पारस्परिक सम्बन्ध विस्तारमा कहीँकतैबाट व्यवधान खडा हुन नहुनेमा जोड दिनुभयो ।
दुई देशबीचका मुद्दा बृहत् वार्ता, सरकारी एवं जनस्तरका साथै विद्वत् वर्गलगायत सबैको निरन्तर संवादबाट समाधान हुनेमा आफू विश्वस्त रहेको बताउँदै उहाँले नेपालसँगको सम्बन्धलाई नयाँदिल्लीले सकारात्मक रुपमा लिएको र त्यसलाई प्रगतिशील देख्न चाहेको स्पष्ट गर्नुभयो । नेपालमात्र नभएर आफ्ना अन्य छिमेकीलाई प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले उच्च प्राथमिकतामा राखेको र त्यसैअनुरुप व्यवहार गर्दै आएको बताउँदै उहाँले भन्नुभयो, “छिमेक पहिले नीतिअन्तर्गत पाकिस्तानबाहेकका सबै छिमेकीसँग सुमधुर सम्बन्ध कायम गर्दै उनीहरूको विकासमा सक्दो सहयोग गर्दै आएका छौँ ।
चीनसँग केही विषयमा विमति रहे पनि गत वर्ष चीन र भारतमा शीर्ष नेतृत्वबीच भएका औपचारिक एवं अनौपचारिक भेटवार्ताले द्विदेशीय सम्बन्धमा ठूलो सुधार भएको छ ।” भूकम्पपछि तत्काल राहत तथा उद्धारमा भारतले निर्वाह गरेको भूमिका, पुनःनिर्माणका परियोजनामा तदारुकता, आवास परियोजनाको शीघ्र निर्माण र कार्यान्वयन, पेट्रोलियम पाइप लाइन निर्माण, जनकपुर–जयनगर रेलसेवा सञ्चालनको तयारीमा आइपुगेको वर्तमान अवस्थाले पनि प्रधानमन्त्री मोदीको ‘छिमेक पहिले’ नीति नेपालको हकमा पनि लागू भएको पूर्वराजदूत चिनोइले बताउनुभयो ।
हाँस्थित भारतीय दूतावासका कार्यवाहक राजदूत अजयकुमारले ‘सबैको साथ सबैको विकास’ प्रधानमन्त्री मोदीको परिकल्पना र ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने प्रधानमन्त्री ओलीको आकांक्षाले दुई देशका प्रधानमन्त्रीको राष्ट्र निर्माणप्रतिको प्रतिबद्धता प्रतिविम्बित हुन्छ भन्दै भारतको विकासबाट नेपाल पनि लाभान्वित होस् भन्ने आफ्नो देशका राजनीतिक नेतृत्वको हृदयदेखिको चाहना भएको बताउनुभयो ।

 

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि