• होमपेज
  • समाचार
  • बैंक तथा वित्तीय क्षेत्रको समस्या समाधान गर्न अर्थमन्त्रीको निर्देशन

बैंक तथा वित्तीय क्षेत्रको समस्या समाधान गर्न अर्थमन्त्रीको निर्देशन

  • सोमवार, फाल्गुन ५, २०७६
बैंक तथा वित्तीय क्षेत्रको समस्या समाधान गर्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री डा युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थामा रहेका समस्याको तत्काल र दीर्घकालीन समाधानका लागि जुट्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । उहाँले समस्या समाधानका लागि संयन्त्र विकास गरी समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने र निजी क्षेत्रलाई विश्वासको वातावरण सिर्जना गरी लगानीमैत्री र व्यावसायिक वातावरण सुनिश्चित गर्न मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा बैंकर्स एसोसिएसनलाई आग्रह गर्नुभयो ।

मुलुकको समसामयिक आर्थिक तथा वित्तीय अवस्था एवं बैंकिङ क्षेत्रमा देखिएका समस्या र यसको समाधान गर्ने उद्देश्यले अर्थमन्त्री खतिवडाले आज बैंक तथा वित्तीय संस्थाका पदाधिकारीसँग छलफल गर्नुभएको हो । मन्त्री डा खतिवडाले समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्न आवश्यक गृहकार्य गरी कार्यान्वयनको प्रक्रियामा लैजान अर्थमन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, नेपाल राष्ट्र वैंक र नेपाल बैंकर्स एसोसिएसनले यथाशीघ्र छलफल गरी टुङ्गोमा पु¥याउनसमेत निर्देशन दिनुभयो ।

सो अवसरमा बैंकिङ क्षेत्रमा विशेषगरी तरलताको अवस्था, कर्जाको माग, असुली र ब्याजदर, सम्पत्ति शुद्धीकरण अनुसन्धानसम्बन्धी पालना गर्नुपर्ने विषय, सामाजिक सुरक्षाकोषमा निजी क्षेत्रको स्वःस्फूर्त सहभागिता अभिवृद्धि, संस्थागत सामाजिक उत्तरदायित्वको दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिइएको थियो ।

यस्तै सहुलियतपूर्ण कर्जा वितरणलाई ऋणीको आवश्यकता र मागबमोजिम परिचालन, नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनको कार्यान्वयन र तथा केवाइसी मौजुदा व्यवस्थालाई सरलीकरण गर्ने, हेजिङ सुविधा, मर्जर नीतिको कार्यान्वयनलगायत विषयमा सहभागीले आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा अर्थ सचिव शिशिरकुमार ढुङ्गाना, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसी, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय एवं पदाधिकारी, अर्थ मन्त्रालयका पदाधिकारीसहित सबै वाणिज्य बैंक एवं सामाजिक सुरक्षा कोषका प्रमुख कार्यकारी अधिकृतको उपस्थिति रहेको अर्थमन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले जानकारी दिनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि