• होमपेज
  • समाचार
  • आइएमई लिमिटेडका अध्यक्ष ढकाललाई सीआइपी सम्मान

आइएमई लिमिटेडका अध्यक्ष ढकाललाई सीआइपी सम्मान

  • बुधबार, माघ २९, २०७६
आइएमई लिमिटेडका अध्यक्ष ढकाललाई सीआइपी सम्मान

आइएमई लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआइपी) सम्मानबाट सम्मानित भएकाे छ ।
काठमाडौंको राष्ट्रिय सभागृहमा मंगलबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई उक्त सम्मान प्रदान गरेको हो ।

बैंकिङ्ग प्रणाली मार्फत विप्रेषणको कारोबार गरी सबैभन्दा बढी वैदेशिक मुद्रा भित्र्याई मुलुकको अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकोले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उहाँलाई उक्त सम्मान प्रदान गरेको छ । ढकाल यस अघि सन् २०१४ मा पनि उक्त सम्मानबाट सम्मानित भएको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षसमेत रहेका ढकालको बैंक, वित्त तथा अन्य सेवामूलक क्षेत्रमा लगानी रहेको छ । केन्द्रले ढकाललगायत २५ जना विभिन्न व्यक्तित्वहरुलाई उक्त सम्मान प्रदान गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि