• होमपेज
  • समाचार
  • डिसहोमले पायो इन्टरनेट सेवा प्रदायकको अनुमति

डिसहोमले पायो इन्टरनेट सेवा प्रदायकको अनुमति

  • सोमवार, माघ २७, २०७६
डिसहोमले पायो इन्टरनेट सेवा प्रदायकको अनुमति

भिस्याट प्रविधिमार्फत टेलिभिजन सेवा सञ्चालन गरिरहेको डिसहोमले इन्टरनेट सेवा प्रदायकको अनुमति पाएको छ।

नेपाल दूर सञ्चार प्राधिकरणको शुक्रबार बसेको सञ्चालक समिति बैठकले डिसहोमलाई इन्टरनेट सेवा प्रदायकको अनुमति दिने निर्णय गरेको हो।

गत भदौमा सेवा प्रदायकको पनि अनुमति पाउन डिसहोमले निवेदन दिएको थियो। कम्पनीले करिब ३० करोड लागतमा भिस्याट प्रविधिबाट दुर्गम जिल्लामा इन्टरनेट सेवा सुचारु गर्ने भन्दै आइएसपीको अनुमति लिएको हो।

कम्पनीले सिम टिभीको लिंकमार्फत आइएसपी इन्टरनेट सेवा उपलब्ध गराएको बताउँदै आएको थियो। हाल ललितपुरको भैंसेपाटी क्षेत्रमा इन्टरनेट सेवाको परीक्षण समेत सुरू गरिसकेको छ। कम्पनीले फेसबुक र युट्युबमार्फत इन्टरनेट सेवा दिने नयाँ योजनाको प्रचारप्रसार गर्दै आएको थियो।

भिस्याट सञ्चालन गर्न नेपालको आफ्नै स्याटलाइट छैन। कम्पनीले इजरायलको स्याटलाइट ‘आमोस’ प्रयोग गरेर टेलिभिजन च्यानलहरूको प्रसारण गरिरहेको छ। इन्टरनेट सञ्चालन गर्न पनि ‘आमोस-१७’ प्रयोग गर्ने जनाएको छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि