• होमपेज
  • बैंकिङ्ग
  • प्रभु बैंकको नाफा १ अर्ब ८ करोड

प्रभु बैंकको नाफा १ अर्ब ८ करोड

  • मङ्लबार, माघ २१, २०७६
प्रभु बैंकको नाफा १ अर्ब ८ करोड

प्रभु बैंकले पहिलो ६ महिनामा खुद नाफा १ अर्ब ८ करोड रुपैयाँ गरेको छ। यो ४.२१ प्रतिशतको वृद्धि हो। बैंकले पछिल्लो तीन महिनामा मात्रै ४५ करोड ७३ लाख रुपैयाँ नाफा गरेको छ।

बैंकको ब्याज आम्दानी र ब्याज खर्चको वृद्धि लगभग बराबरी छ। ब्याज आम्दानी १४.६४ प्रतिशतले बढ्दा खर्च १५ प्रतिशतले बढेको छ। खुद ब्याज आम्दानी भने १४ प्रतिशतले बढेर २ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ।

बैंकले एक वर्षको अवधिमा निक्षेप १० अर्बले बढाएर १ खर्ब १५ अर्ब रुपैयाँ पुर्‍याएको छ। ऋण विस्तार ८ अर्ब ५८ करोडले बढाएर ९४ अर्ब ७१ करोड रुपैयाँ पुर्‍याएको छ।

बैंकको खराब कर्जाको अनुपात २.४७ प्रतिशतबाट ३.१२ प्रतिशतमा उक्लिएको छ। स्प्रेड दर सामान्य ४.८७ बाट ४.८३ प्रतिशतमा झरेको छ। बैंकको आधार दर ९.३७ प्रतिशतबाट ९.४५ प्रतिशतमा पुगेको छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि