• होमपेज
  • कर्पोरेट
  • नेपाल इन्भेष्टमेन्ट बैंकको उच्च ब्याजदरसहितको क्रमिक मुद्दती निक्षेप योजना

नेपाल इन्भेष्टमेन्ट बैंकको उच्च ब्याजदरसहितको क्रमिक मुद्दती निक्षेप योजना

  • मङ्लबार, माघ २१, २०७६
नेपाल इन्भेष्टमेन्ट बैंकको उच्च ब्याजदरसहितको क्रमिक मुद्दती निक्षेप योजना

नेपाल इन्भेष्टमेन्ट बैंकले समाजमा बचतको बानी सहज तुल्याउने उद्देश्यसहित ९.२५ प्रतिशत ब्याजदरसहितको क्रमिक मुद्दती निक्षेप (रिकरिङ फिक्स्ड डिपोजिट) सञ्चालनमा ल्याएको थियो, जसमा ग्राहकहरूले न्युनमत ३३ महिने अवधिका लागि न्युनतम ३३३ रुपैयाँ क्रमिक निक्षेप जम्मा गरेर उच्च ब्याजदर पाईरहनु भएको छ । बैंकको ३३ औं वार्षिकोत्वसका अवसरमा ल्याइएको यो निक्षेप योजना बढ्दो वित्तीय सचेतनासङ्गै बजारमा स्थापित हुदैगईरहेको छ ।

यसबाहेक अंग्रेजी नयाँ वर्षका अवसरमा नेपाल इन्भेष्टमेन्ट बैंकले हरित पहल अभियान अन्तर्गत ग्रिन डबल फिक्स्ड डिपोजिट (जीडीएफडी) ल्याएको थियो । यस योजनाबाट संकलन गरिएका निक्षेपहरू दिगो, वातावरणमैत्री हरित परियोजनाहरूमा लगानी गरिनुका कारण यस योजनाले निक्षेपकर्ताहरूबीच लोकप्रियता कमाइ रहेको छ ।

थप, सो योजना अन्तर्गत दिगो भविष्य सुनिश्चित हुनुका साथसाथै व्यक्तिको निक्षेप पनि ७.५ वर्षमा दोब्बर हुन्छ । यो योजनाअन्तर्गत संकलन गरिएको निक्षेप इको–लोन मार्फत हरित परियोजनाहरूमा लगानी गरिन्छ, जसमा एक वर्षकालागि निश्चित वार्षिक १०.५० ब्याजदर कायम गरिएको छ ।

यसका साथै नेपाल इन्भेष्टमेन्ट बैंकले देशका उद्यमीहरूलाई उत्थान गर्ने उद्देश्यमा केन्द्रीत रहँदै एक वर्षकालागि निश्चित ९.९९ प्रतिशत ब्याजदरको साना तथा मझौला उद्यमी (एसएमई) कर्जा पनि ल्याएको छ । स्थानीय स्तरमा रोजगारी सिर्जनाका साथै मुलुकमा उद्यमशीलता बढाएर देशको आर्थिक मापदण्डमा सकारात्मक परिवर्तन ल्याउन प्रत्यक्ष योगदान पु¥याउने एसएमई कर्जाको उद्देश्य हो ।

यसका साथै देशको विद्यमान कृषि क्षेत्रको आधारलाई सहयोग गर्ने तथा वर्तमान आर्थिक परिप्रेक्षमा यसलाई प्रबद्र्धन र आधुनिकीकरण गर्नमा केन्द्रीत हुँदै एक वर्षकालागि निश्चित वार्षिक १०.५० प्रतिशतको ब्याजदरमा उत्पादनशिल कृषि क्षेत्रमा प्रदान गर्ने गरी कर्जा योजना पनि बैंकले अघि सारेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि