• होमपेज
  • समाचार
  • नेपाल प्रवेश गर्ने र बाहिरिने विदेशीको अभिलेख बायोम्याट्रिक प्रणालीमा

नेपाल प्रवेश गर्ने र बाहिरिने विदेशीको अभिलेख बायोम्याट्रिक प्रणालीमा

  • मङ्लबार, माघ १४, २०७६
नेपाल प्रवेश गर्ने र बाहिरिने विदेशीको अभिलेख बायोम्याट्रिक प्रणालीमा

नेपालको अध्यागमन प्रणालीलाई व्यवस्थित र वैज्ञानिक बनाउने उद्देश्यले अध्यागमन विभागबाट विकास गरिएको ‘नेपाली पोर्ट’ नामक अध्यागमन सूचना प्रणाली एवं भौतिक सुधारसहितको अत्याधुनिक अध्यागमन सेवाको शुभारम्भ गरिएको छ । अध्यागमन सूचनाको सुरक्षा संवेदनशीलता र विगतको अनुभवसमेतका आधारमा नेपालमै उपलब्ध विज्ञ र विभागका प्राविधिक सम्मिलित टोलीले एक वर्ष लगाएर विकास गरेको सो नेपाली पोर्टको आज प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्नुभयो ।

अब नेपाल प्रवेश गर्ने र बाहिरिने सबै विदेशीको बायोम्याट्रिक सूचनासमेत अध्यागमन प्रणालीमा रहनेछ जसका कारण कागजात र व्यक्तिको सही पहिचान गर्न सकिनेछ । नयाँ प्रणालीमा नेपाल सरकारका सम्बद्ध निकायका सूचना जस्तै राहदानी विभागबाट जारी हुने राहदानी, वैदेशिक रोजगार विभागबाट जारी हुने श्रम स्वीकृति, शिक्षा मन्त्रालयले जारी गर्ने नो अबजेक्सन सटिफिकेट (एनओसी) र इन्टरपोल सम्बद्ध सूचना एकआपसमा प्रक्रियाबाटै हेर्न मिल्ने गरी अन्तर आबद्धताको व्यवस्था मिलाइएको छ ।

सोही अवसरमा प्रधानमन्त्री ओलीले मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध ओसारपसार, सम्पत्ति शुद्धीकरण र सुरक्षा प्रणालीमा प्रतिकूलता ल्याउने गतिविधि नियन्त्रणमा समस्या रहेपनि त्यस्ता गतिविधि रोक्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । प्रधानमन्त्रीले सरकारले ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने उद्देश्यले देशको आर्थिक, सामाजिक र प्रविधिको विकासका निम्ति स्पष्ट नीति र कार्यदिशा अगाडि बढाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने, पर्यटन उद्योगको विकाससँगै पर्यटन र रोजगारी सिर्जना गर्ने र दिगो आर्थिक विकासको लक्ष्यप्राप्ति गर्ने कार्य योजना अघि सारेको छ ।” सरकारले नेपालको छवि उच्च राख्दै राष्ट्रिय प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विकास र जनशक्ति विकासमा लगानी गरिरहेको उहाँको भनाइ थियो ।

प्रधानमन्त्रीले डिजिटल नेपालको निर्माणमा सेवाग्राही मैत्री, विश्वासनीय, सुरक्षित र प्रतिस्पर्धी हुन जरुरी भएको बताउँदै इ–गभरनेन्ससँगै भरपर्दो तथ्याङ्क विकासमा सरकारले उच्च प्राथमिकता दिएको जानकारी दिनुभयो । उहाँले सबै तहका सरकारमा सुधारका आयोजना सञ्चालन गरी कार्यान्वयनमा ल्याउन सबैमा अनुरोध गर्दै अब अध्यागमनमा मानवीय क्षमता विकास र व्यवहारमा रुपान्तरणको खाँचो औँल्याउनुभयो ।

“हामीले नेपालको मुख्य प्रवेशद्वारका रुपमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा विदेशीको नेपाल आगमन, बसाईं र प्रस्थानलाई सरल, सहज, सुरक्षित र सूचना प्रणालीमा आधारित बनाउन तयार पारिएको नेपाली पोर्ट प्रणालीको शुभारम्भ गरेका छौँ, आधुनिक नेपाल निर्माणको दिशामा हामीले हरेक समयमा नयाँ कदम चालिरहेका छौँ, यो पनि एउटा कदम हो”, प्रधानमन्त्रीले भन्नुभयो ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले गृहमन्त्रालय सुरक्षा व्यवस्थापनसँग जोडिएका सबै सुरक्षा निकायमा अत्याधुनिक प्रविधिमार्फत त्रुटिरहित ढङ्गबाट सेवा प्रदान गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाएको जानकारी दिनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा