एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकको नाफा सो अवधिसम्ममा २ अर्ब नाघेको छ। विवरण अनुसार बैंकका अधिकांश परिसूचकहरु उत्साहजनक रहेको बैंकले जनाएको छ।
बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा ३६ प्रतिशत बढेर २ अर्ब ९० करोड पुगेको छ। त्यसैगरी, बैंकले कर्जातर्फ १५ अर्बले वृद्धि गरी १ खर्ब ६५ अर्ब र निक्षेप सङ्कलनतर्फ ६ अर्बले वृद्धि गरी १ खर्ब ८६ अर्ब पुर्याउन सफल भएको छ ।
बैंकले आफ्नो रणनीति अनुसार कर्जा लगानीलाई न्यून जोखिमका साना तथा मझौला कर्जा र रिटेल कर्जामा विविधिकरण गर्दै आएका बैंकले बताएको छ। बैंकले कुल कर्जा लगानीको हाल ७२ प्रतिशत कर्जा यस्ता क्षेत्रमा गरेको छ। त्यसैगरी, प्राथमिकता क्षेत्रमा नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम २५% कर्जा लगानी पुर्ण रुपले पालना गरेको छ। विविधिकरणकै रणनीति अनुरुप बैंकको उच्चतम दस ग्राहकहरुको कूल कर्जा बैंकको कूल कर्जाको ५ प्रतिशतभन्दा कम रहेको छ।
निक्षेपतर्फ पनि बैंक विविधिरणको रणनीति अनुरुप अघि बढिरहेको बैंकले जनाएको छ। बैंकको कल निक्षेप हाल कूल निक्षेपको ९.४% रहेको छ। बैंकले चालु आवको ६ महिनामा ६ अर्बको कल निक्षेप घटाउन सफल भएको छ। यसरी कल निक्षेप घट्दा पनि बैंकको निक्षेप यस अवधिमा ६ अर्बले बढेको छ। निक्षेप तर्फको उत्कृष्ट १० ग्राहकको अंश मात्र ११ प्रतिशत रहेको छ।
बैंकको वार्षिक विन्दुगत आधारमा प्रतिशेयर आम्दानी २१ प्रतिशतले बढेर ४१ रुपैयाँ ६१ पैसा तथा स्वपूँजीमा प्रतिफल २४ प्रतिशतले वृद्धि गरी २५.१७ प्रतिशत पुर्याएको छ।
बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४२६ एटिएम, १०३ वटा एक्सटेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो सञ्जाल भएको बैंक हुन सफल भएको छ । २१ लाखभन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।
“बैंक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि” मुलनारा सहित सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आ.व.मा करिब रु ३ अर्ब १५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुभmाईसकेको छ भने वित्तीय समावेशीकरणका लागि बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेको मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्लाहरु तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।