• होमपेज
  • प्रविधि
  • इन्टरनेटको पहुँचमा विस्तार हुँदै   

इन्टरनेटको पहुँचमा विस्तार हुँदै   

  • मङ्लबार, माघ ७, २०७६
इन्टरनेटको पहुँचमा विस्तार हुँदै   

नेपाल टेलिकम दूरसञ्चार कार्यालय पाल्पाले जिल्लाभर इन्टरनेटको पहुँच विस्तार गरेको छ । जिल्लामा एडीएसल ९४४ जडान गरिएको छ । जिल्लामा इन्टरनेटको पहुँच विस्तार गरी सहजरुपमा सुविधा प्रदान गर्न योजनाका साथ काम अघि बढाएको छ । दूरसञ्चार कार्यालयले सुलभ मूल्यमा इन्टरनेट जडान कार्यलाई तीव्रता प्रदान गरेको हो ।

जिल्ला सदरमुकाम तानसेनमा फोरजी सेवा सञ्चालनमा छ । दूरसञ्चार कार्यालय, तानसेनकै लहरेपीपल, रिडी र बेगनासकाली गाउँपालिकाको बरादीमा फोर जी सञ्चालनमा रहेको दूरसञ्चार कार्यालय पाल्पाका प्रमुख सन्तोष भण्डारीले बताउनुभयो । पाल्पाको पूर्वी क्षेत्रमा फोरजीको सेवा विस्तार गर्ने तयारीमा छ । रामपुर, मित्याललगायतका क्षेत्रमा बिटिस जडान कार्य भइसकेको छ । यसै आवभित्र फोर जी सेवा विस्तार गर्ने र नागरिकलाई सहजरुपमा इन्टरनेटको पहुँच विस्तार गर्ने योजना रहेको प्रमुख भण्डारीको दाबी छ ।

दूरसञ्चार कार्यालय हालसम्म इन्टरनेटका लागि वाइम्याक्स १३७, लेस लाइन १७, इटिटीस ३४१ छन् । जिल्लाका अधिकांश स्थानमा अहिले टु र थ्री जीका सेवा सहजरुपमा प्रयोग गर्दै आएका छन् । टु जी, थ्री जीको सहज पहुँचमा रहेका नागरिकले सामाजिक सञ्जाल प्रयोग गरी सूचनाको आदनप्रदान गर्नै सफल भएका छन् । आफन्तसँग भिडियोमा कुराकानी गर्न पाउँदा स्थानीयवासी खुशी छन् ।

विद्युत्को पहुँच विस्तार हुन नसकेका र सोलारबाट उज्यालोमा रात बिताउने क्षेत्रमा दूरसञ्चार कार्यालयको सेवा प्रभावकारी हुन नसकेको प्रमुख भण्डारीको दाबी छ । दूरसञ्चार कार्यालयका अनुसार पाल्पामा हालसम्म मोबाइल सिम प्रिपेड एक लाख ८० हजार ८२२ र पोस्टपेड चार हजार २४५वितरण गरिसकेको दूरसञ्चार कार्यालय पाल्पाका सूचना अधिकारी रामराज रेग्मीले बताउनुभयो ।

जिल्लामा ल्याण्डलाइन फोन प्रयोगकर्तामा कमी देखिएको छ । मोबाइल सिम प्रयोगको तुलनामा ल्याण्डलाइन फोनप्रति आकर्षण घट्दो छ । पाल्पामा हालसम्म तीन हजार ४५६ ल्याण्डलाइन वितरण भएको देखिन्छ । त्यस्तै सिडीएमए स्काइ पोष्टपेड हालसम्म ४११ वितरण भएको चालू आवमा १८ वटामा मात्र वितरण भएको छ । सिडीएमए स्काइ प्रिपेड २० हजार ७८२ हालसम्म वितरण भएको छ ।

जिल्लाका कचल, गोठादी, लुङ्ग, सत्यवतीमा बिटिएस जडानपछि स्थानीय बासिन्दालाई निःशुल्क सिमकार्ड वितरण गरिएको छ । पाल्पा रैनादेवी छहराको सिद्देश्वर, सत्यवती निस्दीको ज्यामिरे लगायतका क्षेत्रमा अझै पनि मोबाइलमार्फत कुराकानी गर्न समस्या हुँदै आएको छ ।

नेपाल टेलिकम दूरसञ्चार कार्यालय पाल्पाले दूरसञ्चारका गुल्मी र अर्घाखाँचीसँग समन्वय गरी सेवा प्रवाह गर्दै आएको छ । ती जिल्लाकोे एमआइएसको प्रतिवेदन तयारी गरी केन्द्रीय कार्यालयमा पठाउँदै आएको छ । सूचना प्रविधिको विकासले दूरसञ्चार कार्यालयबाट पाउने सेवासुविधा इन्टरनेटका कारण सहज बन्दै गएको छ । सूचना प्रविधिको बढ्दो आविष्कारले हुलाकसँग दूरसञ्चार कार्यालयको पनि महत्व कमी हुँदै गएको छ ।
–––

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि