• होमपेज
  • विचित्र संसार
  • दुनियाँकै महँगो वाइन

दुनियाँकै महँगो वाइन

एक बोतलको मूल्य ४५ लाख

  • आइतवार, माघ ५, २०७६
दुनियाँकै महँगो वाइन

एक बोतल वाइनको मूल्य कति पर्ला ? युरोपेली देश हंगेरीमा एक बोतलकै झण्डै आधा करोड रुपैयाँ मूल्य पर्ने वाइन उत्पादन भएको छ ।

हंगेरीको प्रसिद्ध पर्यटकीय स्थल टोकजस्थित एक मदिरा उत्पादक कम्पनीले दुनियाँकै महँगो वाइन तयार गरेको छ, जुन वाइनको डेढ लिटरको बोतलको मूल्य ४५ लाख रुपैयाँभन्दा धेरै पर्दछ ।

उक्त वाइनको नाम इसेन्सिया २००८ हो । अहिलेसम्म यो ब्राण्डका जम्मा २० बोतलमात्रै वाइन तयार गरिएको छ । जसमध्ये १८ बोतल गत वर्ष उत्पादन गरिएको थियो ।
अहिलेसम्म ती मध्ये ११ बोतल बिक्री भैसकेका छन् ।

यो रक्सीको बोतल एक चमकदार कालो रङको बक्समा राखिएको हुन्छ जसमा एउटा स्विच लगाइएको हुन्छ, जसले बोतललाई झनै चमकदार बनाउँदछ ।

यो वाइनको अर्को विशेषता के भने यसका हरेक बोतल फरक–फरक स्वरूपमा तयार पारिएको हुन्छ । अर्थात् एउटा बोतलसँग अर्को बोतलको स्वरूप मिल्दैन ।

यो वाइनको मिति गुज्रने मितिचाहिँ सन् २१०० रहेको छ । अर्थात् अबको ८० वर्षसम्म यो रक्सी पिउन मिल्दछ ।

यो रक्सी वास्तवमा सन् २००८ मा तयार भएको थियो र त्यसको १० वर्षपछि मात्र बोतलबन्द गरिएको हो । यो वाइन निमार्ता कम्पनीका महाप्रबन्धक जोल्टन कोवाक्सका अनुसार यो ब्राण्डको वाइन तयार भएको आठ वर्षदेखि मात्र बोतलबन्द गर्न योग्य हुन्छ ।

यो वाइनखास मौसममा मात्रै तयार गरिन्छ । यो वाइनको एक चम्चा तयार गर्न एक किलो पाकेको अंगुर खपत हुन्छ । अर्थात् यो वाइनको एक बोतल तयार गर्नका लागि करिब २० किलो अंगुर खपत हुन्छ । जबकि यो वाइनमा तीन प्रतिशत मात्र अल्कोहल हुन्छ । एजेन्सीको सहयोगमा

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि