• होमपेज
  • समाचार
  • मलेसियाले माग्याे ३१ हजार श्रमिक

मलेसियाले माग्याे ३१ हजार श्रमिक

  • बुधबार, मंसिर १८, २०७६
मलेसियाले माग्याे ३१ हजार श्रमिक

वैदेशिक रोजगारीका लागि मलेसियाबाट पछिल्लो दुई महिनाको अवधिमा ३१ हजार २०१ श्रमिकका लागि माग आएको छ । गत अक्टोबर र नोभेम्बरमा त्यो सङ्ख्याको मागपत्र प्रमाणीकरण गरिएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार सो अवधिमा माग भएका ३१ हजार २०१ श्रमिकमध्ये सबैभन्दा बढी औद्योगिक क्षेत्रमा १७ हजार ११६ वटा माग आएको छ भने सबैभन्दा कम निर्माण क्षेत्रमा एक हजार ३० वटा माग आएको दूतावासले जनाएको छ ।

यस्तै दूतावासका अनुसार सेवा क्षेत्र (सुरक्षा गार्डसहित) को क्षेत्रमा १० हजार १८३ वटा माग आएको छ भने कृषितर्फ एक हजार ४७५ वटा माग आएको छ ।

नेपाल सरकार र मलेसिया सरकारबीच भएको समझदारीपत्र बमोजिम राजदूताबासबाट सन् २०१९ को अक्टोबर महिनाको पहिलो हप्तादेखि मलेसिया सरकारको आधिकारिक निकायबाट प्रमाणीकरण भई आएका माग पत्र अभिलेखीकरण गरी वैदेशिक रोजगार विभागमा सिफारिस गर्ने कार्य भइरहेको छ ।

तत्कालीन श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मलेसियामा रोजागरीमा जाने श्रमिकलाई स्वास्थ्य परीक्षणका नाममा नेपाली श्रमिकलाई आर्थिक शोषण भएको र यसलाई हटाउन भन्दै २०७५ जेठ २ गतेबाट नयाँ श्रमिकलाई तत्कालका लागि श्रम स्वीकृति दिन बन्द गरेका थिए ।

नेपाली श्रमिकको प्रमुख गन्तव्य मलेसिया १५ महिनापछि गत भदौ २९ गतेबाट खुलेको थियो । सोपश्चात् नेपाल र मलेसिया सरकारीबीच भएको श्रम समझदारीअनुरूप मलेसियाका रोजगारदाता कम्पनीले नेपाली श्रमिकको माग गरेका मागपत्र दुतावासले प्रमाणीकरण गरेको हो

Facebook Comments

सम्बन्धित समाचार

एनआईसी एशिया बैंकद्वारा कर्जामा अधिकतम प्रिमियमदर ३% कायम
एनआईसी एशिया बैंकद्वारा कर्जामा अधिकतम प्रिमियमदर ३% कायम
नविल स्कुल अफ सोसल इन्टरप्रिनियरसीप कार्यक्रमले मनायो दोस्रो वार्षिकोत्सव
नविल स्कुल अफ सोसल इन्टरप्रिनियरसीप कार्यक्रमले मनायो दोस्रो वार्षिकोत्सव
अमेरिका जान हिँडेका हिमालयन बैंकका सीइओ राणा अन्तराष्ट्रिय बिमानस्थलबाट फिर्ता, इन्टरपोल मार्फत फाइनान्ससीयल फ्रड गरेको आरोपः दुई नयाँ जुनियर असिस्टेन करारमा नियुक्त साथै दर्जनौ उच्च कर्मचारीलाई करार अवधि थपः राष्ट्र बैंक बेखबर

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा
सिटिजन्स बैंकका ग्राहकले बुटवल हार्ट क्लिनिकमा छुट पाउने
सिटिजन्स बैंकका ग्राहकले बुटवल हार्ट क्लिनिकमा छुट पाउने
कनेक्ट आईपीएससँँगको सहकार्यमा एनआईसी एशियाले ल्यायो ‘फन्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा’ अफर
कनेक्ट आईपीएससँँगको सहकार्यमा एनआईसी एशियाले ल्यायो ‘फन्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा’ अफर