• होमपेज
  • समाचार
  • टुटल र पठाओलाई कारबाही सुरु

टुटल र पठाओलाई कारबाही सुरु

  • आइतवार, मंसिर ८, २०७६
टुटल र पठाओलाई कारबाही सुरु

प्रयोजन विपरीत सवारी चलाएको भन्दै पठाओ र टुटललाई कारबाही सुरु गरिएको छ । ट्राफिक प्रहरीले प्रयोजन विपरीत सवारी चलाएको र भाडामा मान्छे बाकेर हिँडेको भन्दै आइतबार १ हजार रुmपैयाँको चिट काटेको हो । एक चिटमा ट्राफिक प्रहरीले २०० रुपैयाँदेखि १००० रुपैयाँसम्मको जरिवाना सम्बन्धि विवरणको १२औं नम्बरको नियम उल्लघंन गरेको भन्दै जरिवाना गरेको हो ।

यातायात व्यवस्था विभागले गत साता निजी प्रयोजनका लागि दर्ता भएका सवारी साधान अन्य प्रयोजनका लागि प्रयोग गर्न नपाइने र प्रयोग गरेको पाइए कानून बमोजिम कारबाही गरिने भन्दै सूचना प्रकाशित गरेको थियो ।

केही महिना अघि मात्रै पनि पठाओ र टुटललाई यसै गरी कारबाही गरिएको थियो । त्यसपछि सामाजिक सञ्जालमा चर्को विरोध भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशपछि कारबाहीलाई स्थगित गरी सूचारु गरिएको थियो ।

स्टार्ट  अप व्यवसाय भए पनि आवश्यक नियमको अभावमा पठाओ र टुटल जस्ता व्यवसायलाई काम गर्न गाह्रै हुँदै आएको सञ्चालकहरु बताउँछन् ।

उनीरुले यथासक्य छिटो कानूनी प्रबन्ध गरी आफूहरुलाई नियमन गर्न माग गर्दै आएका छन् ।

हाल पठाओ र टुटलमा गरी ७० हजारभन्दा बढी सेयर राइडरहरु जोडिएका छन् । जसले प्रत्येक दिन ५० हजार जनालाई सेवा दिइरहेका छन् भने प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ७० हजारभन्दा बढी रोजगारी सिर्जना गरेको दाबी गर्दै आएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि