• होमपेज
  • समाचार
  • एनआईसी एशियाकाे नाफा अरब माथि

एनआईसी एशियाकाे नाफा अरब माथि

  • आइतवार, मंसिर १, २०७६
एनआईसी एशियाकाे नाफा अरब माथि

एन आई सी एशिया बंैक लिमिटेडले चालु आ.व. २०७६÷७७ को प्रथम त्रयमासको अपरिस्कृत वित्तीय विवरण मिति २०७६ कात्र्तिक ३० गते सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरणका परिसूचकहरु अत्यन्त उत्साहजनक रहेका छन् । बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैयमाससम्म वार्षिक विन्दुगत आधारमा ३५ प्रतिशत (रु. ३७ करोड) ले वृद्धि गरी रु. १ अर्ब ४३ करोड सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ ।

यसैगरी खुद मुनाफातर्फ वार्षिक विन्दुगत आधारमा ३४ प्रतिशत (रु. २६ करोड) को वृद्धि सहित रु. १ अर्ब १ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधिको खुद मुनाफा रु. ७५ करोड रहेको थियो ।

कर्जातर्फ यस आर्थिक वर्षको प्रथम त्रयमासमा रु. १३ अर्ब को वृद्धि तथा वार्षिक विन्दुगत आधारमा रु. २४ अर्ब को वृद्धि गरी रु. १६३ अर्ब र निक्षेप संकलनतर्फ यस आर्थिक वर्षको प्रथम त्रयमासमा रु. ४ अर्ब को वृद्धि तथा वार्षिक विन्दुगत आधारमा रु. १७ अर्ब को वृद्धि गरी रु. १८५ अर्ब पु¥याउन सफल भएको छ ।

निक्षेप, कर्जा तथा अन्य वित्तीय परिसूचकहरुमा यस बैंक शिर्ष स्थानमा रहेको छ । बैंकको वार्षिक विन्दुगत आधारमा प्रतिशेयर आय ११ प्रतिशतले वृद्धि गरी रु. ४०.३८ तथा स्वपूँजीमा प्रतिफल १८ प्रतिशतले वृद्धि गरी २७.०५ प्रतिशत पु¥याउन सफल भएको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१० शाखा कार्यालयहरु, ३८९ एटिएम, ९० वटा एक्सटेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

१८ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । “बैंक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि” भन्ने मुलनारा सहित सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई बुभmाई सकेको छ भने वित्तीय समावेशीकरणका लागि बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेको मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्लाहरु तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि