• होमपेज
  • बीमा
  • युनाईटेड इन्स्योरेन्सको साधारण सभा सम्पन्न

युनाईटेड इन्स्योरेन्सको साधारण सभा सम्पन्न

  • मङ्लबार, कार्तिक २६, २०७६
युनाईटेड इन्स्योरेन्सको साधारण सभा सम्पन्न

युनाईटेड ईन्स्योरेन्स कं. (नेपाल) लि.को आ.व. २०७४÷०७५को २५ औ बार्षिक साधारण सभा बबरमहल–११ स्थितकार्की ब्याङ्गकेटमा बिहान १०ः०० बजेबाट शुरु भईसम्पन्न भयो । वार्षिक साधारणसभा कम्पनीका संचालक समिति अध्यक्ष भरत बहादुर कार्कीको अध्यक्षतामा बसी सामान्य प्रस्तावहरु र विशेष प्रस्ताहरुमा छलफलगरि पारित भयो ।

त्यसैगरि संचालक समिति सदस्यहरुको बैठक भत्ता सम्बन्धि प्रस्ताव साधारण सभाको बहुमतले पारित भएको घोषणा संचालक समिति अध्यक्ष एवं सभाका सभाध्यक्षबाट घोषणा गर्नु भयो ।

त्यसैगरि बिशेष प्रस्तावको रुपमा पेश भएको संचालक समितिको संरचनामा ७ जना संचालक सदस्यहरु रहने गरि कम्पनीको विनियमावलीमा संसोधन गर्ने प्रस्तावर कम्पनीले भविष्यमा कुनै निर्जिवन बीमा कम्पनीहरुसंग एक आपसमा भाग्ने÷गाभिने चलअचल सम्पत्ति र दायित्व मूल्यांकन गर्नको लागि मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्तगर्न निजको पारिश्रमिक तोक्ने लगायत मर्जर सम्बन्धि अन्य आवश्यक प्रकृया पुरा गर्न संचालक समितिलाई अख्तियारि दिने प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार