• होमपेज
  • शेयर मार्केट
  • नेपाल क्लियरिङ्ग हाउसले ३८ प्रतिशत बोनस दिने

नेपाल क्लियरिङ्ग हाउसले ३८ प्रतिशत बोनस दिने

  • मङ्लबार, कार्तिक २६, २०७६
नेपाल क्लियरिङ्ग हाउसले ३८ प्रतिशत बोनस  दिने

नेपाल क्लियरिङ्ग हाउसले ३८ प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीको आठाँै वार्षिक साधारण सभाले चुक्ता पूँजी रु. २१.६ करोड रहेकोमा ३८ प्रतिशत बोनस शेयर वितरण गरी  २९.८ करोड रुपैयाँ पुर्याउने निर्णय समेत गरेको छ । साथै बोनस शेयर ट्याक्स प्रयोजनका निम्ती २ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको अधिकृत पूँजी पनि वृद्धि गरी ५० करोड रुपैयाँ पुर्याइने निर्णय गरेको छ । आ.व. २०७५÷७६ मा कम्पनीले खुद नाफा  २३७,७३५,७८६ रुपैयाँ गरेको छ ।

कम्पनीले पूँजी वृद्धि गरी भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु ल्याउने तथा जोखिम व्यवस्थापना सुढृढ बनाउने योजना बनाएको छ ।  नेपाल राष्ट्र बैंकको नियमअनुसार नेपाल भित्र कार्य गर्ने भुक्तानी प्रणाली सन्चालक (पिएसओ) को चुक्ता पुँजी कम्तिमा १० करोड रुपैयाँ तथा नेपाल बाहिर कार्य गर्नका लागि २५ करोड रहनु पर्ने ब्यवस्था रहेको छ ।

आ.व. २०७५÷७६मा NCHL-ECC मार्फत कुल ११,७५५,०७२ चेक राफसाफ भएको थियो भने अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली (NCHL-IPS) बाट ४,९३१,९५० तथा connectIPS e-Payment प्रणालीमार्फत १८६,०४१ भुक्तानी कारोबारहरु भएको थियो । कम्पनीले आफ्नो भुक्तानी प्रणालीहरु मार्फत आ.व. २०७५÷७६ मा कुल ९२ खर्ब बराबरको भुक्तानी कारोबारहरु राफसाफ गरेकोमा दैनिक औसत कारोवार ६७,४७९ रहेको थियो जुन औसत दैनिक रकम ३६.८५ अर्ब रुपैयाँ रहेको थियो । हाल८० सदस्य बैंक तथावित्तीय संस्थाहरुका ५,००३ शाखाहरुबाट कम्पनीले आफ्ना सेवाहरु प्रदान गरिरहेको छ भने कम्पनीमा २२ गैर–बैंकिङ संस्थाहरु Indirect/Technical Member को रुपमा आवद्ध छन् ।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड, नेपाल राष्ट्र बैंक (१०%), बैंक तथावित्तीय संस्थाहरु (८० प्रतिशत)े र स्मार्ट च्वाइस टेक्नोलोजिज् प्रा.लि. (१०%) द्वारा प्रवद्र्धित कम्पनी हो । यसले नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना र विस्तार गर्नुका साथै विभिन्न बैंक तथा वित्तीय संस्थाहरु, पिएसओ, पिएसपि, सरकारी तथा गैर सरकारी निकायहरुलाई भुक्तानी प्रणालीका सेवाहरु प्रदान गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि