• होमपेज
  • समाचार
  • १७ गते आइतबार सार्वजनिक विदा

१७ गते आइतबार सार्वजनिक विदा

  • शुक्रबार, कार्तिक १५, २०७६
१७ गते आइतबार सार्वजनिक विदा

प्रदेश २ ले छठ पर्वको अवसरमा कात्तिक १७ गते आइतबार सार्वजनिक विदा दिएको छ । प्रदेशमा आइतबार छठ पर्वको अवसर पारेर प्रदेश सरकारले विदा दिएको हो ।

यस पटकको छठ पर्व शनिबार र आइतबार परेको छ । शनिबार अस्ताउँदो सूर्यलाई र आइतबार उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइँदैछ । यसअघि संघीय सरकारले छठ पर्वको पहिलो दिन मात्रै विदा दिँदै आएको थियो ।

छठ पर्व कठोर पर्व भएको र दुबै दिन विदा दिनुपर्ने ठहरसहित प्रदेश सरकारले आफ्नो क्यालेण्डरमा छठमा दुई दिन विदा दिने उल्लेख गरेको छ ।

शनिबार स्वतः विदा हुने भएपनि छठ पर्वको अवसर पारेर शनिबार र आइतबार समेत प्रदेश सरकारले विदा दिएको छ । यो दिन शनिबारै भएपनि संघीय सरकारले समेत विदा दिएको सूची बनाएको छ ।

प्रदेश २  सरकारले संघीय सरकारले दिएको विदाभन्दा नौ दिन बढी विदा दिने गरी आफ्नो वार्षिक क्यालेन्डर बनाएको छ । संघीय सरकारले २०७६ सालमा १५ दिन विदा दिने सूची बनाएको छ भने प्रदेश २ सरकारले ११ दिने विदाको सूची बनाएको छ ।

संघीय सरकारले यस वर्षको छठ पर्व र होली पर्वमा १/१ दिन विदा दिएपनि प्रदेश सरकारले यो पर्वहरुमा २/२ दिन विदा दिएको छ ।

संघीय सरकारको क्यालेण्डर अनुसारको १५ दिन र प्रदेश सरकारको ९ दिन विदासँगै प्रदेश २ मा यो वर्ष २४  दिन विदा तोकिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार