• होमपेज
  • प्रविधि
  • फेसबुक विश्वका शीर्ष १० ब्राण्डबाट बाहिरियो

फेसबुक विश्वका शीर्ष १० ब्राण्डबाट बाहिरियो

  • सोमवार, कार्तिक ४, २०७६
फेसबुक विश्वका शीर्ष १० ब्राण्डबाट बाहिरियो

सोसल मिडिया कम्पनी फेसबुक विश्वका १० शीर्ष ब्राण्डबाट बाहिरिएको छ। वर्षभरी चलेको जाँच तथा डेटा लीक मामलाबाट प्रभावित सोसल मिडिया कम्पनी फेसबुक विश्वभरीको १०० कम्पनीको ग्लोबल ब्रान्ड्सको सूचीमा पहिलोपटक शीर्ष १० को सूचीमा पर्न असफल भएको हो।

बुहराष्ट्रिय ब्राण्ड परामर्शदाता संस्था इन्टरब्राण्ड्जले सार्वजनिक गरेको शीर्ष सय ब्राण्डसम्बन्धी एक प्रतिवेदनअनुसार फेसबुक उक्त सूचीको १४औं स्थानमा परेको छ। गत वर्ष यो सूचीमा फेसबुक आठौं स्थानमा रहेको थियो।

उक्त सूचीमा पहिलो स्थानमा अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल रहेको छ। दोस्रो र तेस्रो स्थानमा क्रमशः गुगल र अमेजन रहेका छन् भने माइक्रोसफ्ट, कोका–कोला र सामसङ क्रमशः चौँथो, पाँचौं र छैठौं स्थानमा परेका छन् ।

यसैगरी यो सूचीमा सातौं देखि दशौँ स्थानसम्म क्रमशः जापानी अटो निर्माता कम्पनी टोयोटा, जर्मन अटो निर्माता कम्पनी मर्सिडिज, अमेरिकी फाष्ट पूmड कम्पनी म्याकडोनल्ड र अमेरिकी मिडिया तथा मनोरञ्जन कम्पनी डिज्नी परेका छन् ।

डेटा लीक मामलामा फेसबुकले ५ अर्ब डलरको जरिवाना तिरेको थियो । अमेरिकी रेग्युलेटर फेडरल ट्रेड कमिशन (एफटीसी) ले सामाजिक सञ्जाल कम्पनी फेसबुकलाई ५ अर्ब डलर जरिवाना लगाएको थियो । यो जरिवाना कुनै पनि प्रविधि कम्पनीमाथि लगाइएको अहिलेसम्मकै ठूलो जरीवाना हो।

फेसबुकमाथि साढे ८ करोड प्रयोगकर्ताको डेटा लीक गरेको आरोप लागेको थियो । फेसबुकमाथि सन् २०१८ मा बेलायती परामर्शदाता कम्पनी क्याम्ब्रिज एनालिटिकालाई करोडौं प्रयोगकर्ताको जानकारी बेचेको आरोप छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि