• होमपेज
  • समाचार
  • बैंकमा खाता खोल्ने महिलाको संख्या ७३ लाख ३४ हजार

बैंकमा खाता खोल्ने महिलाको संख्या ७३ लाख ३४ हजार

  • आइतवार, कार्तिक ३, २०७६
बैंकमा खाता खोल्ने महिलाको संख्या ७३ लाख ३४ हजार

बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो पहूँच मुलुकको सबै क्षेत्र र वर्गमा समावेशि तवरले पुर्याउन सकेका छैनन् । भौगोलिक तथा समाजिक विविधता कारणले पनि बैंकिङ पहूँचको समावेशिता नेपाल नभएको देखिएको छ ।

भौगोलिक र सामाजिक विविधता कै कारण वित्तीय पहुँच सबै क्षेत्रमा समान तवरले नभएता पनि पछिल्लो समय महिला र पुरुषमा भने वित्तीय पहूँचमा केही समानता आएको हो ।

पछिल्लो समयमा वित्तीय क्षेत्रमा नेपाली महिलाको पहुँच क्रमशः बढ्दै गएको पाइएको छ । नेपालमा कूल २ करोड ७० लाख ६४ हजार २४५ जनसंख्या रहेको छ । जसमा १ करोड ७७ लाख ९० हजार ७८३ जना नेपालीको नाममा बैंकमा सक्रिय निक्षेप खाता खोलिएको राष्ट्र बैंकले जनाएको छ ।

नेपालमा वित्तीय पहुँच ६०.१ पुगेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ । जसमध्ये ४१.२२ प्रतिश महिला र ५८.७७ प्रतिशत पुरुषमा वित्तीय पहुँच पुगेको देखिएको छ । यसरी हेर्दा पछिल्लो समय वित्तीय समावेशितामा अपेक्षित प्रगति हुर्दै गएको देखिन्छ ।

बैंकमा खोलिएका सक्रिय खाता मध्ये १ करोड ४ लाख ५६ हजार ६४७ वटा खाता पुरुष नामको हो भने ७३ लाख ३४ हजार १३६ वटा खाता महिलाको नामको हो ।

महिलाहरूमा वित्तीय पहुँच बढ्दा समाजमा महिलाहरु पनि पुरुष सो सरह आर्यआर्जनका काम गर्नुका साथै सामाजिक आर्थिक विभेद हट्दै जान्छ । नेपालमा रोजगारी र व्यवसायमा महिलाको कमजोर उपस्थिति रहेको विभिन्न तथ्यांकहरुले देखाउछ ।

आर्थिक उपार्जनका क्रियाकलापमा महिलाहरु पुरुष सो सरह सरिक भएता पनि वित्तीय प्रणालीमा आवद्ध नहुदाँ मुलुकको अर्थतन्त्रमा महिलाहरुको भुमिका कम देखिएको हो । यो विभेदलाई पुर्णरुपमा कम गर्न महिलाहरूमा पुरुष सरह वित्तीय पहुँच पुर्याउन जरुरी हुन्छ ।

महिलाको वित्तीय पहूँच प्रदेशगत रुपमा पनि उल्लेख्य रुपमा रहेको छ । प्रदेशगत रुपमा सबैभन्दा धेरै प्रदेश नम्बर ३ मा र सबै भन्दा थोरै प्रदेश नम्बर ६ कर्णाली प्रदेशका जनताको नाममा बैंक खाता रहेको छ । प्रदेश ३ मा ५६ लाख १३ हजार ८४६ जनसंख्या रहेको छ । जसमध्ये २६ लाख ३० हजार ९८२ वटा विभिन्न बैंकहरुमा महिलाहरुको सक्रिय खाताहरु रहेका छन् ।

यस्तै सबैभन्दा कम जनसंख्या तथा कम बैंकमा खाता खोलिएको कर्णाली प्रदेशमा विभिन्न बैंकहरुमा १५ लाख ३९ हजार ४०९ मध्ये २ लाख ७० हजार १०१ वटा सक्रिय खाता महिलाहरुको नाममा रहेको राष्ट्र बैंकले जनाएको छ । नेपालमा महिलाहरूमा वित्तीय पहुँच बढ्दै जादाँ महिला आर्थिक क्रियाकलापमा सक्रिय हुदैँ गएको प्रष्ट हुन्छ ।

प्रदेशगत रुपमा महिलाहरुको वित्तीय पहुँच

प्रदेश नम्बर १ मा कूल जनसंख्या ४७ लाख १७ हजार ६०७ रहेको छ । यो प्रदेशका कूल जनसंख्या मध्ये १४ लाख २८ हजार ४७९ पुरुष र १० लाख १५ हजार ८०१ वटाहरु खाता महिलाको नाममा रहेको छ ।

कूल ५५ लाख ७२ हजार ९५१ जनसंख्या रहेको प्रदेश नम्बर २ मा ११ लाख ७५ हजार २९७ वटा खाता पुरुषको नाममा र ६ लाख ४६ हजार ७२१ वटा सक्रिय खाता महिलाहरुको नाममा रहेको छ ।

नेपालको राजधानी समेत रहेको प्रदेश ३ को कूल जनसंख्या ५६ लाख १३ हजार ८४६ रहेको छ । जसमध्ये विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा ४१ लाख ८० हजार ७११ वटा खाता पुरुषका नाममा र २६ लाख ३० हजार ९८२ वटा सक्रिय खाता महिलाको नाममा रहेको छ । यो प्रदेशमा ११ लाख ९७ हजार ८४७ वटा सक्रिय खाता दोहोरिएका हुन् ।

प्रदेश नम्बर ४ मा कूल २५ लाख ८४ हजार ५१० जनसंख्या रहेको छ । जसमा बिभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा रहका सक्रिय खाताहरुमध्ये ११ लाख ६१ हजार ७७४ खाता पुरुष र ११ लाख १५ हजार ९५७ खाता महिलाहरुको नाममा रहेको छ ।

कुल ४५ लाख ४४ हजार १११ जनसंख्या रहेको प्रदेश ५ मा विभिन्न बैंक तथा वित्तीय संस्याहरुमा १५ लाख ९० हजार ५५ सक्रिय खाता पुरुषका नाममा र १२ लाख ६५ हजार ४४ सक्रिय खाता महिलाको नाममा रहेको छ ।

कर्णाली प्रदेश नम्बर ६ मा कूल जनसंख्या १५ लाख ३९ हजार ४०९ जना रहेको छ । जसमध्ये २ लाख ७० हजार १०१ वटा सक्रिय खाता पुरुषका नाममा रहेका छन् भने १ लाख ८५ हजार ५९६ वटा खाताहरु महिलाका नाम रहेको छ ।

प्रदेश नम्बर ७ मा कूल २४ लाख ९१ हजार ८११ जनसंख्या रहेको छ । जसमा बिभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा रहका सक्रिय खाताहरुमध्ये ६५ लाख २३० खाता पुरुष र ४७ लाख ४ हजार ३५ खाता महिलाहरुको नाममा रहेको छ ।

तर बैंक तथा वित्तीय संस्थाहरुको पहूँचमा भने सबै प्रदेशका जनता समान रुपमा समावेश भएका छैनन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि