• होमपेज
  • विचित्र संसार
  • बिहेको खर्च जुटाउन भन्दै बेहुलाले बैंक लुटेपछि…

बिहेको खर्च जुटाउन भन्दै बेहुलाले बैंक लुटेपछि…

  • आइतबार, अशोज २६, २०७६
बिहेको खर्च जुटाउन भन्दै बेहुलाले बैंक लुटेपछि…

मानिस आफूलाई मनपर्ने जोडीसँग बिहे गर्नका लागि अनेकौं सीमाहरु पार गर्ने गर्दछन् । तर अमेरिकाको टेक्सासमा बस्दै आएका एक व्यक्तिले आफ्नो मग्नीसँग बिहे गर्नका लागि बैंक नै लुटेका छन् ।

ह्युस्टनभन्दा करीब १२० किलोमिटरको दुरीमा रहेको ग्रोवेटनमा ३६ वर्षीय हिथ बन्पसले आफ्नो बिहेको खर्च उठाउनकाृे लागि भन्दै बैैंकमा चोरी गरेका छन् । खासगरि हिथसँग औंठी किन्ने र रिसेप्शन खर्च उठाउने रकम थिएन ।

प्रहरीका अनुसार बिहेको खर्च जुटाउनका लागि उनले चोरी गरेका हुन् । जब पछि यो घटना आफ्नी हुनेवाली मग्नीले थाहा पाइन् तब उनले हिथलाई आत्मसमर्पण गर्न आग्रह गर्दै उनलाई मनाएकी थिइन् ।

प्रहरी अफिसरका अनुसार आफ्नो मग्नीले मनाएपछि हिथले आत्मसमर्पण गर्न तयार भए । यसका साथै हिथले प्रहरीलाई बिहेको औंठी किन्नका लागि र विवाहको समारोहको खर्चका लागि पैसा नभएको कारणले बैंक लुटेको स्वीकार पनि गरे ।

Facebook Comments

सम्बन्धित समाचार