• होमपेज
  • समाचार
  • बैंकका अध्यक्षहरुको पनि नेता गोल्यान

बैंकका अध्यक्षहरुको पनि नेता गोल्यान

  • शुक्रबार, अशोज १७, २०७६
बैंकका अध्यक्षहरुको पनि नेता गोल्यान

बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी संगठित भएको लामो समयपछि बैंकका अध्यक्षहरू पनि संगठित भएका छन्। प्रमुख कार्यकारी अधिकृत (सीइओ)हरुको संस्था बैंकर्स संघको लविङले मात्रै पार नलागेको निष्कर्श निकाल्दै अध्यक्षहरु पनि संगठित भएका हुन् ।

बैंकका सञ्चालक समिति अध्यक्षको संगठन ‘बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल’ एक साताअघि नै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भइसकेको छ। परिसंघ अध्यक्ष एवं एनएमबी बैंकका सञ्चालक समिति अध्यक्ष पवनकुमार गोल्यानले सरकार र राजनीतिक तहमा बैंकिङ क्षेत्रको नीतिगत लबिङ गर्न नयाँ संस्था आवश्यक भएको बताए।

समस्टिगत अर्थतन्त्रसँग सम्बन्धित नीति तर्जुमा गर्न र त्यस अनुसार बैंक व्यवस्थापनलाई दिशानिर्देश गर्न परिसंघले काम गर्ने उनले बताए। परिसंघको उपाध्यक्षमा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाह, महासचिवमा जनता बैंकका अध्यक्ष केशवबहादुर रायमाझी र कोषध्यक्षमा एनआईसी एसिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाल छन्।

सदस्यमा नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे, हिमालयन बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठ, प्रभु बैंकका अध्यक्ष देवीप्रकाश भट्टचन, सानिमा बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ, ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत छन्।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि