• होमपेज
  • कर्पोरेट
  • कामना सेवाले जित्यो कार्पाेरेट ब्याडमिन्टन टुर्नामेन्ट

कामना सेवाले जित्यो कार्पाेरेट ब्याडमिन्टन टुर्नामेन्ट

  • बिहीबार, अशोज ९, २०७६
कामना सेवाले जित्यो कार्पाेरेट ब्याडमिन्टन टुर्नामेन्ट

त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आयोजित ‘अन्नपूर्ण पोष्ट कार्पाेरेट र एक्जिक्यूटिभ ओपन ब्याडमिन्टन टुर्नामेन्ट’ मा कामना सेवा विकास बैंकले एकल र संयुक्त दुवैतर्फ जित हासिल गरेको छ ।

प्रतियोगितामा एकल तर्फ कामना सेवा विकास बैंकका दीप शाखाका शाखा प्रमुख विशाल खड्का र संयुक्त तर्फ विशाल खड्का एवं विश्वास नेपालले जित हासिल गरे ।

प्रतियोगिताका हाल सम्मका ६ वटै संस्करणमा विजेता रहेका विशालले फाइनलमा ज्योति विकास बैंकका विकास महर्जनलाई २१–१२ र २१–१३ को सजिलो सेटमा पराजित गर्न सफल भए । विजेता कर्मचारीलाई कामना सेवा विकास बैंकले केन्द्रिय कार्यालय ज्ञानेश्वरमा बधाई सहित सम्मान गरेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार