• होमपेज
  • चलेको
  • मैले अजयजीलाई फसाएको छैन जो सीइओ भएपनि यो घटनाको छानवीन जरुरी थियो

मैले अजयजीलाई फसाएको छैन जो सीइओ भएपनि यो घटनाको छानवीन जरुरी थियो

शोभन देव पन्त, सिइओ बैंक अफ काठमाण्डू लिमिटेड

  • बिहिबार, अशोज ९, २०७६
मैले अजयजीलाई फसाएको छैन जो सीइओ भएपनि यो घटनाको छानवीन जरुरी थियो

० सीइओ साब पूर्व सीइओ र कर्मचारीलाई जेल पुर्याएको आरोप छ नि ?
यस्तो काम म बाट हुँदैन एउटा कुरा प्रस्ट छ । जो सीइओ भएको भए पनि यो कर्जा काण्ड छानवीन जरुरी थियो । मैले जनताको पैसाको सुरक्षा गर्ने जमर्को गरेको मात्र हो । मैले अजयजीलाई फसाउने कुनै कारण नै छैन । जे आरोप लगाए पनि हुन्छ । जे बोल्दा पनि हुन्छ ।

० पूर्व सीइओ अजयजीसंग यो कर्जा उठाउने बारे छलफल त भयो होला नि ? 

मैले २ पटक उहाँलाई फोन गरि सोधेको थिए । उहाँले मलाई थाहा छैन भन्नु भयो । मैले यो कर्जा कसरी दिएको हो भनी छलफल बैंकका कर्मचारीबीच पटक÷पटक गरे तर कर्जा काण्डमा पक्राउ भएका धेरैले जागिर नै छाडेर जानु भयो नि ।

० तपाई माथी बैंक अफ काठमाण्डूका कर्मचारीलाई पेलेको र तत्कालिन लुम्बिनी बैंकका कर्मचारीलाई काखी च्यापेको आरोप पनि छ नि ? 

लुम्बिनी बैंक मरिसक्यो । मरेको मान्छेको कुरा नगरौं । बैंक अफ काठमाण्डूमा राम्रो काम गर्नेहरुलाई ठाउँ छ । बदमास गर्नेहरुले छाडेर गएको चाँहि सत्य हो । पेलेको लखेटेको भन्ने कुरा म बाट सम्भव नै छैन । मेरा लागि सबै कर्मचरी सम्मान छन् । एउटा कुरा चाहि सत्य हो । जनताको पैसा माथी बदमासी गर्नेहरुलाई मेरो बैंकमा ठाउँ छैन ।

० यो कर्जा काण्डमा तत्कालीन सीइओलाई झुक्याएर हस्ताक्षर गराएको चर्चा पनि छ नि ?
यो विषय अब प्रहरीले हेर्ने हो गल्ती नगर्नेहरुले सफाई पाउने छन् । सीइओको हस्ताक्षर भएपछि नै प्रहरीले तत्कालीन सीइओलाई नियन्त्रणमा लिएको होला नि ।

० राष्ट्र बैंक मार्फत सीआईबीमा नगई किन सिधै सीआईबीमा उजुरी बैंकले गर्यो । यसबाट तपाई माथी शंका गरिने ठाउँ त देखिन्छ नि ? 

मलाई अहिले अजयजीलाई फसाएको आरोप आएको सुनेको छु । मेरो ठाउँमा अजयजी भए पनि छानवीन गर्ने र अनुसन्धान गर्ने ठाउँमा यो केश जाने नै थियो । जनताको पैसा सुरक्षा गर्ने कर्तव्य मेरो हो । हिजो कैलालीको यस्तो घटना अजयजीले नै अनुसन्धानमा पठाउनु भएको हो नि ।

० बैंकका कर्मचरीहरुकै सलग्नतामा यस्तो भएको हो त ?
यो अब प्रहरीको अनुसन्धानको विषय हो । खोला बैंकमा राखी कर्जा दिएको छ । ४÷५ करोड जनताको पैसा यो छानवीन हुनु जरुरी थियो र छ पनि । नियमक निकायले पनि छानवीन गर्छ होला नि होइन र ?

० तपाईको बैंकको एउटा घटनाले बैंकरहरुमा त्रास माबै छैन सो घटना भाइरल समेत बनेको छ नि ?
यस्तो कर्जा दिने र लिने एउटा समुह नै छ भन्ने मैले सुनेको छु । अरु बैंकमा पनि यस्ता घटना भएको सुनेको छु । यो गिरोहलाई कारवाही गरिनु पर्दछ । भोली जो कोही फस्न सक्दछन् । जुनसुकै बैंकका सीइओ साब फस्न सक्नुहुन्छ । नि यस घटनाले सबैलाई सचेत बनाएको चाँहि सत्य हो ।

 

० मेगा बैंकले अस्वीकार गरेको कर्जा बैंक अफ काठमाण्डूबाट कसरी स्वीकृत भएको रहेछ सीइओ साब ?
यो मलाई पनि थाहा छैन । म त्यस बेला विओकेमा थिइन । कसरी भयो, किन गरियो यस बारेमा प्रहरीले अब छानवीन गर्दै छ । शंकाको घेराउमा परेका बैंकरहरुसंग बयान लिएको छ । यथार्थ कुरा बाहिर आउने नै छ नि ।

० अरु बैंकमा पनि यस्ता घटना भएका छन् र थिए । तर, तपाई हतार÷हतार प्रहरीमा जानु पर्ने कारण चाँहि के हो त ? 

कर्जाको ब्याज आएन, कर्जा विग्रियो, ताकेता भए, कुनै उपाय लागेन, प्रोभिजन कर्जा भयो । अब धितो त बिक्री गरि असुल उपर गर्नु पर्यो नि । धितो खोज्दै जाँदा खोला फेला पर्यो । अब तपाई भन्नुहोस् के गर्ने जनताको पैसा उठाउने कि चुप लागेर बस्ने ?

० कर्जा असुली न्यायाधिकरण पनि थियो होला नि सीइओ साब ?
थियो तर, लालपूर्जा हेर्दा खोला फेला पर्यो । ऋणीले तिर्न नसक्ने बतायो । कर्जा दिनेहरुले भटाभट जागिर छोड्न थाले । अरुले गरेको पाप मैले भोग्ने कुरा त भएन नि भूपेन्द्रजी । कसरी कर्जा गर्यो । कसले के गरे प्रहरीले प्रतिवेदन नै ल्याउला नि । पछि थाहा भइहाल्छ नि ।
(सीइओ पन्तसंग टेलिफोनमा गरिएको कुराकानीका केही अंश)

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि