• होमपेज
  • बीमा
  • रिलायबलले ल्यायो “रिलायबल समुत्रति जीवन बीमा योजना”

रिलायबलले ल्यायो “रिलायबल समुत्रति जीवन बीमा योजना”

  • मङ्लबार, अशोज ७, २०७६
रिलायबलले ल्यायो “रिलायबल समुत्रति जीवन बीमा योजना”

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो स्थापनाको दोश्रो बर्ष पुरा गरि तेश्रो बर्ष प्रवेश गरेको उपलक्ष्यमा आवधिक धनफिर्ता योजना (Money Back Plan) “रिलायबल समुत्रति जीवन बीमा योजना” प्रचलनमा ल्याएको छ ।

यस योजना अन्तर्गत बीमितको ईच्छा अनुसार बार्षिक अथवा प्रत्येक चार बर्षमा बीमाङ्कको तोकिएको प्रतिशतले हुने अग्रिम भुक्तानी रकम प्राप्त गर्नु हुनेछ । कथंकदाचित बीमा समाप्ति हुने मिति अगावै बीमितको मृत्यु भएमा अग्रिम बीमाङ्क भुक्तानी रकम कट्टा नगरि पुरा बीमाङ्क र नियमानुसारको बोनस बराबर रकम भुक्तानी दिइन्छ । बीमा अवधि समाप्ति मितिसम्म बीमित जीवित रहेमा बांकी बीमाङ्क (यदि भएमा) र नियमानुसारको बोनस रकम बीमितलाई भुक्तानी दिइने कर्पोरेट मार्केटिङ्ग प्रबन्धक युवराज शर्माले बताए ।

प्रबन्धक शर्माका अनुसार यस योजनामा पाँच वटा ऐच्छिक सुबिधाहरु–

क) बीमा शुल्क छुट सुविधा

ख) स्थायी पुर्ण अशक्तता सुविधा

ग) दुर्घटना मृत्युलाभ

घ) घातक रोग सुविधा

ङ) अस्पताल नगद सुविधा समेत थप गरि लिन सकिनेछ । यस योजनाका साथ साथै कम्पनीले म्यादी, सावधिक र आजीवन बीमा अन्तर्गत विभिन्न आकर्षक योजनाहरु प्रचलनमा ल्याई सकेको छ ।

कम्पनीको हालसम्म ९२ वटा शाखा तथा उपशाखाहरु संचालनमा आईसकेको र निकट भविष्यमा ७७ वटै जिल्लामा कार्यालयहरु संचालनमा ल्याउने र देशैभरि आफ्नो उपस्थिती जनाई आधुनिक जीवन बीमा सेवा प्रदान गर्ने लक्ष्यका साथ अघि बढि रहेको प्रबन्धक शर्माले बताए ।

Facebook Comments

सम्बन्धित समाचार