• होमपेज
  • रेमिटेन्स
  • सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६- न यति न उति सिधै लखपति” योजना सार्वजनिक

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६- न यति न उति सिधै लखपति” योजना सार्वजनिक

  • मंगलबार, भदौ ३१, २०७६
सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६- न यति न उति सिधै लखपति” योजना सार्वजनिक

सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना उपभोक्ताहरुसंग पर्वको खुशी साट्न लगातार ९० दिन सम्म चल्ने “लखपति एक्स्प्रेस २०७६ ( न यति न उति सिधै लखपति” उपहार योजना घोषणा गरेको छ ।

सिटी एक्स्प्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक १० जनाले रु २०० को मोबाइल टप अप जित्न सक्नेछन् । त्यसैगरी साप्ताहिक रुपमा १ जना विजेताले रु १०,००० र हरेक महिना लक्कीड्रमा विजयी हुने १ जनालाई रु १००,००० उपहार प्रदान गरिने छ ।
उपहार योजनाको अन्त्यमा १ जना भाग्यशाली विजेताले बम्पर उपहार रु १०,००,००० जित्न सक्नेछन् । कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि सहभागी हुने जानकारी दिएको छ ।

कम्पनीका अनुसार यो “लखपति एक्स्प्रेस २०७६ ( न यति न उति सिधै लखपति” अफर असोज १ गते देखि मंसिर ३० गते सम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ ।

Facebook Comments

सम्बन्धित समाचार