नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त संस्था सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले थाहा नगरपालिकालाई लक्षित गरी टिष्टुङ्ग बज्रबाराहीमा एक दिने वित्तीय साक्षरता अभियान कार्यक्रम सञ्चालन गरेको छ ।
कार्यक्रममा मुख्य विषयवस्तु सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानअन्तर्गतको व्यावसायिक कृषि तथा पशुपन्छी कर्जासम्बन्धी जानकारीका साथै डिजिटल वित्त (विधुतीय वित्त) सम्बन्धी जानकारी दिइएको थियो । उक्त कार्यक्रममा एक सय ५० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।
सहुलियत कर्जा, बैंक खाता, बैंकले नागरिकलाई दिइरहेको सेवा प्रवाहलगायत ग्रामीण भेगका नागरिकसँग बैंकको पहुँच बढाउन गाउँ–गाउँसम्म वित्तीय साक्षरता अभियान बैंकले सुरु गरिरहेको बैंकले आज एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उतरदायित्वअन्तर्गत अन्य स्थानहरूमा पनि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आइरहेको विज्ञप्तिमार्फत् जनाएको छ ।