• होमपेज
  • वाणिज्य बैंक
  • सुनकोशीको खाल्टेमा सिटिजन्स बैंक

सुनकोशीको खाल्टेमा सिटिजन्स बैंक

  • सोमवार, भदौ ३०, २०७६
सुनकोशीको खाल्टेमा सिटिजन्स बैंक

सिटिजन्स बैंक इन्टरनेसनलले सिन्धुली जिल्लाकोे सुनकोशी गाउँपालिका खाल्टेमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ ।

उक्त स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसार्यी िर्कतिमान नेपालीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । उक्त शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी, लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको बैंकले जनाएको छ ।

सोहि अवसरमा संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपालको शिक्षा जगतमा टेवा पु¥याउने उद्देश्यले अमारे माध्यमिक विद्यालयलाई ४ थान कप्युटर प्रदान गरेको छ ।

सिटिजन्स बैंकले आफ्ना ८२ वटा शाखा, ७९ वटा ए.टि.एम. र १०१ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार