• होमपेज
  • समाचार
  • कन्काई विकास बैंक र प्राइम बैंकको मर्जर सफल

कन्काई विकास बैंक र प्राइम बैंकको मर्जर सफल

एकिकृत कारोबार शुरु

  • आइतवार, भदौ २९, २०७६
कन्काई विकास बैंक र प्राइम बैंकको मर्जर सफल

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंकलाई प्राप्ति गरी एकीकृत कारोवार शुरु गरेको छ । एक कार्यक्रमका बीच सम्पन्न उक्त बैंक मर्जरमा विभिन्न ब्यक्तित्वहरु कन्काई विकास बैंकका अध्यक्ष सेवक दहाल, प्राइम बैंक मर्जर कमिटीका संयोजक गजेन्द्र बिष्ट, कन्काई विकास बैंकका मर्जर कमिटीका संयोजक वसन्त पौडेल, दुुवै बैंकका संचालकहरु, प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धर, तथा बैंकका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

नेपाल सरकार र नेपाल राष्ट्र बैंकको नीतिलाई समेत आत्मसात गर्दै हामीले विभिन्न वित्तीय संस्थाहरुलाई मर्जर÷प्राप्ति गर्दै जाने रणनीति अवलम्वन गरे अनुरुप दुई बैंक एकापसमा गभिएको जनाएको छ ।

मर्जर तथा एक्विजिसनलाई प्राथमिकतामा राखी गत वार्षिक साधारणसभाबाट नै बैंकको अधिकृत पुँजी रु २२ अर्ब पु¥याइसकेको थियो ।

उक्त कार्यक्रममा प्राइम कमर्सियल बैंकका अध्यक्ष राजेन्द्र दश श्रेष्ठले भने ‘प्राइम कमर्सियल बैंक र कन्काई विकास बैंक एकभई आज एकीकृत कारोवार शुुरु गर्न सफल भएका छौं । देशको पूूर्वीय क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुद्वारा प्रवद्र्वन गरिएको यस विकास बैंकको पूूर्वीय जिल्लाहरुमा राम्रो शाखा संजाल सहित अत्यन्त बलियो उपस्थिति भएकोले यस प्राप्तिबाट भविष्यमा बैंकको व्यापार व्यवसायमा उत्साहजनक अभिबृद्वि हुुने मैले विश्वास लिएको छुु ।’

उनले बैंक एक भए पश्चात बैंकको व्यापार व्यवसाय एवं शाखा संजालमा बृद्वि हुुनुुका साथै, निवर्तमान संस्थाको गुडवील एवं अनुुभवी तथा क्षमतावान कर्मचारीहरु सहितको बलियो पूूर्वाधार प्राप्त गरी उक्त बैंकले भविष्यमा सफलताको नयाँ उचाइ लिनेसमेत बताए ।

Facebook Comments

सम्बन्धित समाचार