• होमपेज
  • वाणिज्य बैंक
  • सिटिजन्स बैंकको आरटिजीएस प्रणाली सञ्चालनमा

सिटिजन्स बैंकको आरटिजीएस प्रणाली सञ्चालनमा

  • आइतवार, भदौ २९, २०७६
सिटिजन्स बैंकको आरटिजीएस प्रणाली सञ्चालनमा

सिटिजन्स बैंकले बिहीबारबाट रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली (आरटीजीएस) सुविधा सञ्चालनमा ल्याएको छ ।

सिटिजन्स बैंक र नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागबीच भदौ २२ गते आइतबार आरटिजीएस प्रणाली सञ्चालन सम्बन्धि सम्झौता भएको थियो। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बम बाहादुर मिश्र र बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।

राष्ट्र बैंकले “क” वर्गका बैंकहरुलाई भदौ २४ गते मंगलबारदेखि आरटीजीएस प्रणाली लागू गर्न निर्देशन दिएको थियो। यस लगत्तै बैंकले उक्त प्रणाली संचालनमा ल्याएको हो। यो प्रणाली संचालनमा ल्याउने पहिलो बाणिज्य बैंकको रूपमा सिटिजन्स बैंक रहेको छ ।

यससँगै अब बैंकका ग्राहकहरुले नियम अनुसार आरटिजीएस सुविधा उपभोग गर्न सक्नेछन् । बैंकका ग्राहकले आवश्यकता अनुसार नेपाल राष्ट्र बैंकद्धारा सञ्चालित आरटीजीएस प्रणालीमार्फत एउटा बैंकबाट अर्को बैंकमा भुक्तानी कारोबार फछ्र्यौट गर्न सक्ने जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८२ वटा शाखा, ७९ वटा ए.टि.एम. र १०१ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख  ग्राहकहरुलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि