• होमपेज
  • समाचार
  • एनसेल कर छली सदनदेखि सडकसम्म

एनसेल कर छली सदनदेखि सडकसम्म

  • बिहिबार, भदौ २६, २०७६
एनसेल कर छली सदनदेखि सडकसम्म

एनसेल कर छलीको विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीको आज पदाधिकारी बैठकमा विस्तृत छलफल भएको छ । उक्त विषयमा पार्टीले पूर्व गृह एवं कानूनमन्त्री निरञ्जन थापालाई विस्तृत अध्ययन गर्न जिम्मेवारी दिएको थियो ।

पदाधिकारी बैठकमा पार्टीका सल्लाहकार समितिका अध्यक्षसमेत रहनुभएका थापाले एनसेल कर छली विषयमा विस्तृत विवरण प्रस्तुत गर्नुभएको राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो । “यस विषयलाई राप्रपाले संसद्देखि सडकसम्म लैजान्छ, राप्रपाले संघर्ष गर्छ”, उहाँले भन्नुभयो । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको उक्त बैठकमा पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

कम्युनिष्टको एजेण्डा बोक्दै काङ्ग्रेस
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कम्युनिष्टको एजेण्डा बोक्ने काङ्ग्रेस मुलुकको विकल्प बन्न नसक्ने बताउनुभएको छ । पार्टीको काठमाडाँै जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उहाँले असफल नीति र बाटोमा परिवर्तन आवश्यक भएको चर्चा गर्दै पार्टी र व्यक्ति परिवर्तन होइन नीति र बाटो परिवर्तन जरुरी भएको विचार व्यक्त गर्नुभयो ।

फरक फरक विचारले प्रजातन्त्रलाई मजबुत बनाउने भन्दै अध्यक्ष थापाले राप्रपा राष्ट्रवादी प्रजातान्त्रिक शक्ति भएको बताउनुभयो । कार्यक्रममा राप्रपा नेता भुवन पाठक, प्रा डा जयन्तनाथ खनाल, रमानन्द न्यौपाने, आशा लामालगायतले प्रशिक्षण दिनुभएको सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार