• होमपेज
  • विकास बैंक
  • सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता

  • आइतवार, भदौ २२, २०७६
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड गल्छी शाखालगल्छी –६, धादिङ्ग स्थित बागेश्वरी मा.वि.को प्राङ्गणमा विद्यालय सदनस्तरीय हाजिरी जवाफ प्रतियोगीता आयोजन गरेको थियो ।

कार्यक्रममा कृष्णहरी श्रेष्ठ प्रमुख आतिथी तथा कार्यक्रमको संचालन सांग्रिला डेभलपमेन्ट बैंक गल्छीका शाखा प्रमुख गौरब काफ्लेबाट भएको थियो । हाजीरी जवाफ प्रतियोगितामा सो विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । यस्तो किसिमको कार्यक्रमहरुले विद्यार्थीहरुको बौद्धिक विकासमा वृद्धि तथा बैंकिङ्ग साक्षरता को पनि वृद्धि हुने भएकोले सांग्रिला डेभलपमेन्ट बैंकद्वारा समय समयमा यस्ता कार्यक्रमहरु आयोजन गरी आफ्ना सामाजिक उत्तरदायित्व बहन गर्दै आईरहेको छ ।

बैंकद्वारा हाजीरी जवाफ प्रतियोगिताका विजेताहरुलाई पुरुस्कार वितरण गरी विद्यार्थीहरुलाई यस्ता कार्यक्रममा सहभागिता जनाउन उत्साहित गर्ने कार्यहरु गर्दै आईरहेको छ । यसरी बैंकले आफ्ना ग्राकहरुलाई बैंकि¨ सेवाको अतिरीक्त बेला बेलामा आफ्नो देशमा विद्यमान ८७ ओटा शाखा कार्यालयहरुबाट आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न विद्यालयहरुमा बैंकिङ्ग सचेतनामुलक कार्यकमहरु गर्दै आईरहेको यसै प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

Facebook Comments

सम्बन्धित समाचार