• होमपेज
  • समाचार
  • भारतद्वारा काठमाडौं जिल्लामा शैक्षिक संस्था निर्माण

भारतद्वारा काठमाडौं जिल्लामा शैक्षिक संस्था निर्माण

  • शनिबार, भदौ २१, २०७६
भारतद्वारा काठमाडौं जिल्लामा शैक्षिक संस्था निर्माण

नेपालका लागि भारतीय राजदूत मंजीव सिंह पुरीले कोटेश्वर बहुुमुखी क्याम्पसको नवनिर्मित क्याम्पस भवनको गरेका छन् ।
उद्घाटन समारोहमा नेकपा एमालेका नेता तथा पूर्व परराष्ट्रमन्त्री एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र बहादुर पाण्डे, पूर्व परराष्ट्र सचिव मदन भट्टराई, जिल्ला समन्वय समितिका अध्यक्ष शिव सुन्दरराज वैद्य लगायत राजनीतिक नेता तथा सामुदायिक अगुवाहरुको सहभागीता थियो ।

सन् १९९० मा स्थापना भएको कोटेश्वर बहुुमुखी क्याम्पस काठमाडौं जिल्लाको कोटेश्वरमा अवस्थित छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो क्याम्पस गैर नाफामुखी, गैर सरकारी र सेवामुखी सामुदायिक क्याम्पस हो ।

यस क्याम्पसले स्नातक तहमा व्यवस्थापन, शिक्षा तथा मानविकि सङ्काय र स्नातकोत्तर तहमा व्यवस्थापन सङ्कायका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त यस क्याम्पसले उच्च माध्यमिक तहमा व्यवस्थापन, शिक्षा तथा मानविकि सङ्कायका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यस क्याम्पसमा करिब ३,७०० विद्यार्थीहरु अध्ययनरत छन् जसमध्ये ६०% छात्रा रहेका छन् ।

भारत सरकारको ४.५१ करोड रुपैंया अनुदान सहयोगमा निर्मित यस तीन तल्ले नयाँ संरचनामा १८ वटा कक्षाकोठा लगायत क्याम्पस प्रमुख, परीक्षा शाखा, प्रशासन शाखा, लेखा शाखाका लागि छुट्टै कक्ष रहेका छन् । साथै छात्र र छात्राका लागि छुट्टै शौचालयको व्यवस्था रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि