नेपाल इन्भेष्टमेण्ट बैंक ‘सेल पे’माबीच सम्झौता भएको छ । सम्झौता पत्रमा नेपाल इन्भेष्टमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे र आइैएम्एस ग्र्पका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्राले हस्ताक्षर गरे ।
ग्राहकले सेल पे एकाउन्टमा आफ्नो खाता खोले लगत्तै १०० को मोबाइल रिचार्ज (टप–अप) पाउने छन् । सेल पे मार्फत बिलको भुक्तानी गर्दा आकर्षक नगद फिर्ता पनि पाइने विज्ञप्तीमा जनाईएको छ ।
बैंकले हाल ८२ शाखा, १२० एटीएम, १४ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५४ ब्रान्चलेस बैंकिङमार्फत सेवा दिँदै आएको छ ।