• होमपेज
  • कर्पोरेट
  • कामना सेवाका र इष्टर्न एजेन्सीज बीच सम्झौता

कामना सेवाका र इष्टर्न एजेन्सीज बीच सम्झौता

  • बिहिबार, भदौ १९, २०७६
कामना सेवाका र इष्टर्न एजेन्सीज बीच सम्झौता

कामना सेवा विकास बैंक लिमिटेड र इष्टर्न एजेन्सीज प्रा. लि. बीचमा व्यापार सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता अनुसार इष्टर्न एजेन्सीज प्रा. लि मार्फत सिफारिस भई अएका ग्राहकहरूले बैंकको सबै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा भ्ष्अजभच का विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा लिन सक्नेछन् । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र इष्टर्न एजेन्सीज प्रा. लि. को तर्फबाट प्रबन्धक निर्देशक डिम प्रसाद पौडेलले हस्ताक्षर गर्नुभएको थियो ।

काठमाडौं, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानमा ९८ वटा शाखा तथा ४५ वटा एटिएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार