• होमपेज
  • मनोरञ्जन
  • दोश्रो एपिक नेपाल म्युजिक अवार्ड २०७६ मंसिरमा

दोश्रो एपिक नेपाल म्युजिक अवार्ड २०७६ मंसिरमा

आवेदन फारम खुल्ला

  • बुधबार, भदौ १८, २०७६
दोश्रो एपिक नेपाल म्युजिक अवार्ड २०७६ मंसिरमा

एपिक नेपाल म्युजिक प्रा.लि.को आयोजनामा दोश्रो एपिक नेपाल म्युजिक अवार्ड २०७६ आगामी मंसिरको दोश्रो साता काठमान्डाँैमा हुने भएको छ ।“कला र गला संरक्षण हाम्रो अभियान , अग्रजलाई सम्मान नवलाई प्रोत्साहन” भन्ने नाराका दोश्रो एपिक नेपाल म्युजिक अवार्ड हुने भएको आयोजक सस्था एपिक नेपालले जनाएको छ ।

अवार्ड मुख्य गरि नेपाली लोक गीत संगीतको क्षेत्रमा क्रियाशिल एवम नव प्रतिभाका सर्वोकृष्ट रचनाहरुलाई अवार्ड प्रद्धान गरिने बताइएको छ । नेपाली लोकदोहोरी, आधुनिक, पप , लोकपप र काठे र देउडा समाबेश गरिएको आयोजकले जनाएको छ । २०७५ साल जेष्ठ १ गते देखी २०७६ असार मसान्त सम्म बजारमा आएका गीतले सहभागिता जनाउन पाउने एपिक नेपाल म्युजिक प्रा.लिका अध्यक्ष अमन श्रेष्ठ द्वारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

अवार्डको फाईनल राजधानीमा सम्पन्न गरिने भएको छ । अवार्ड फाईनलको दिन नेपाली गीत सङ्गीत क्षेत्रका बरिष्ठ व्यक्तिलाई लाईफ टाईम एचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ ।

साथै नेपाली गीत संगीतको क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई एपिक कला पत्रकारिता पुरस्कारबाट सम्मान गरिने भएको छ । आवेदन फारम एपिक नेपालको कार्यालयमा साथै एपिक नेपालको सम्पर्क न ९८५१२०३२७७ , ९८५२०२२९१८ , ९८६५५४३१९१ वा ९८०८२३६९८४ मा सम्पर्क गर्न सकिने उनले जानकारी दिए

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि