• होमपेज
  • कर्पोरेट
  • महालक्ष्मी विकास बैंकको नयाँ शाखा नँयाबजारमा

महालक्ष्मी विकास बैंकको नयाँ शाखा नँयाबजारमा

  • बुधबार, भदौ १८, २०७६
महालक्ष्मी विकास बैंकको नयाँ शाखा नँयाबजारमा

यस महालक्ष्मी विकास बैंक लि. ले बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्यबमोजिम शाखा सञ्जाल विस्तार गर्दै आइरहेको छ । यसै क्रममा बैंकले कास्की जिल्लाको, पोखरा महानगरपालिका वडा नम्बर ०९, नँयाबजार, पोखरामा नँया शाखा कार्यालय बिस्तार गरि बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या १०० पुगेको छ ।

महालक्ष्मी विकास बैंकले ग्राहकको विश्वसनीयतामा अभिवृद्दि गरि सम्पूर्ण क्षेत्र र वर्गसम्म बैकिङ सेवाको पहँुच पु¥याउने उद्देश्यले शाखा बिस्तार गरि १०० वटा शाखाबाट करिब ५ लाख ग्राहकहरु माझ बैकिङ सेवा उपलब्ध गराउदै आइरहेको छ । बैंकले ग्राहकको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन प्रयासरत रहने प्रतिबद्धता जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार