नेपालको सबैभन्दा बढी शाखा सञ्जाल भएको एनआइसी एशिया बैंकले दशैं तथा तिहारको अवसरलाई मध्यनजर गर्दै ग्रहकको मन जित्ने प्रडक्टहरु ल्याउदै आएको छ । यस पटक एनआईसी एशिया बैंकले विदेशस्थित वल्र्ड रेमिटबाट नेपालमा रकम पठाउँदा रकम प्राप्त गर्ने व्यक्तिलाई नगद रु. १०० को मोबाइल रिचार्ज तथा बैंकको खातामा रकम पठाउँदा बैंकको तर्फबाट खातामा रु. ३७५ बोनस क्रेडिट गर्ने योजना सार्वजनिक गरेको छ ।
यो सेवा बैंकका शाखा कार्यालयहरु, एक्सटेन्सन काउण्टर, शाखारहित बैंकिङ्ग इकाई एवं ९,००० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत् सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने बैंकले विज्ञप्ती मार्फत जानकारी दिएको छ ।
बैंकको देशभर २९७ शाखा, ३५० एटीएम, ५८ वटा एक्सटेन्सन काउण्टर एवम् ४१ वटा शाखारहित बैंकिङ इकाईको वृहत सञ्जाल रहेको छ । बैंकका करिब १८ लाख ग्राहक छन् ।